Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सानिमा रिलायन्स लाइफको प्रतिसेयर आम्दानी ०.४२ प्रतिशतले वृद्धि, नाफा र बीमा कोषमा सुधार

Share:WhatsAppFacebookX (Twitter)Telegram
सानिमा रिलायन्स लाइफको प्रतिसेयर आम्दानी ०.४२ प्रतिशतले वृद्धि, नाफा र बीमा कोषमा सुधार
Photo / Coverage: टक्सार

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपिएस) ०.४२ प्रतिशतले वृद्धि भई ११ रुपैयाँ ९८ पैसा कायम भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा इपिएस ५ पैसाले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोज मसान्तसम्म कम्पनीको ईपीएस ११ रुपैयाँ ९३ पैसा रहेको थियो । अधिकांश जीवन बीमा कम्पनीहरूको प्रतिशेयर आम्दानी खुम्चिरहेका बेला सानिमा रिलायन्स लाइफले भने आफ्नो इपिएसलाई सकारात्मक लयमा राख्दै सुधार गरेको हो । इपिएसमा सुधार आएसँगै कम्पनीको अन्य प्रमुख वित्तीय सूचकहरूमा पनि सकारात्मक वृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात (पिइ रेसियो) ३१.६३ गुणा कायम भएको छ । नाफा र व्यवसाय विस्तार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १४ करोड ९६ लाख रुपैयाँको तुलनामा ०.४० प्रतिशतले बढी हो । व्यापार विस्तारतर्फ कम्पनीले उत्साहजनक प्रगति गरेको छ । असोजसम्म कम्पनीले २ अर्ब २७ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क र २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क २३.२७ प्रतिशत र खुद बीमाशुल्क २३.१२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल र १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । कोष र पुँजीको अवस्था५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जीवन बीमा कोषको आकार २८.५३ प्रतिशतले विस्तार भई २६ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असोजसम्म जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ मात्र थियो । यसैगरी, असोज मसान्तसम्म कम्पनीको रिटेन्ड अर्निङ ६० करोड ६२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ३५ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङ ३५ करोड ९८ लाख, महाविपत्ति कोष १८ करोड ५९ लाख र अन्य इक्विटी ८ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play