Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सानिमा मिडिल तमोरको लाभांश शेयरधनीको खातामा जम्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सानिमा मिडिल तमोरको लाभांश शेयरधनीको खातामा जम्मा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको छ। कम्पनीको ११औँ वार्षिक साधारणसभाबाट पारित निर्णयअनुसार आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित उक्त दरमा नगद लाभांश वितरण गर्न सुरु गरिएको हो। कम्पनीको २०८३ असोज ३० गते सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार असोज ३० गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा क्रमश: लाभांश जम्मा तथा भुक्तानी गर्न थालिएको कम्पनीले जनाएको छ। लाभांश शेयरधनीले उपलब्ध गराएको बैंक खातामा जम्मा गरिनेछ। लाभांश पठाउँदा सम्बन्धित बैंक वा वित्तीय संस्थाले कुनै शुल्क लिएमा उक्त शुल्क शेयरधनी स्वयंले व्यहोर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ। साधारणसभा प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द भएको मिति असोज १९ गतेभन्दा अघिल्लो दिनसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट अनुमति पत्र (नो अब्जेक्सन लेटर) सानिमा क्यापिटलमा बुझाउनुपर्नेछ। असोज १९ गतेपछि कर्जा चुक्ता गरेका शेयरधनीले भने लाभांश फुकुवा गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थाले दिएको सक्कल पत्र पेस गर्नुपर्नेछ। आवश्यक कागजात प्राप्त भएपछि मात्रै सम्बन्धित शेयरधनीको हितग्राही खातामा रहेको बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीको शेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडले जनाएको छ। The post सानिमा मिडिल तमोरको लाभांश शेयरधनीको खातामा जम्मा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते
Latest NewsJust now

बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते

बझाङ।बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान पौने ९ बजे से ००१ च ४३७६ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामी रहेका छन्। काँडाचौरबाट बाग्थलातर्फ आउँदै गरेको जीपमा १५ ...

नेपालन्युज
मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प
Latest NewsJust now

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प

वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीले मध्यावधि निर्वाचनमा व्यहोरेको हारलाई आफ्नो राष्ट्रपतीय कार्यकालप्रतिको असन्तुष्टिका रूपमा नलिएको बताएका छन् । सीएनएनका अनुसार निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा... ...

रातोपाटी
पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने
Latest NewsJust now

पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीमा सरकारले आफ्नो लगानी बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनीको हकप्रद सेयरमा लगानी गर्ने प्रस्ताव स्वीकृत गरेको हो । “नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको थप हदप्रद सेयर लगानी गर्न बैठकले स्वीकृति प्रदान गरेको छ,” निणर्यमा भनिएको छ । सरकारले हकप्रदमार्फत कम्पनीमा सेयरहिस्सा बढाउने छ । हाल कम्पनीको सबैभन्दा धेरै सेयर होल्डर नै सरकार ...

कर्पोरट खबर
जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु
Latest NewsJust now

जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु

वासुदेव शर्माजाजरकोट, कात्तिक १८ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ ।जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले जेठा ब... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play