सात अर्ब ५९ करोडको ब्रा लगाएर काइली जेनरको डेब्यु

एजेन्सी । रियालिटी टीभी स्टार तथा सौन्दर्य व्यवसायी काइली जेनरले भिक्टोरियाज सेक्रेट फेसन शोमा करिब पाँच करोड अमेरिकी डलर (नेपाली सात अर्ब ५९ करोड रुपैयाँभन्दा बढी) मूल्यको फ्यान्टेसी ब्रा लगाएर डेब्यु गर्नुभएको छ । उहाँको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । वार्षिक फेसन शोमा जेनरले १८ क्यारेट सुन र चार हजार ४१० वटा हिरा जडित ब्रा लगाउनुभएको थियो । फ्यान्टेसी ब्रालाई शोको प्रमुख आकर्षण र छनोट हुने मोडलका लागि प्रतिष्ठाको विषय मानिन्छ । २९ वर्षीया जेनरलाई उक्त अवसर दिइएकोमा केही प्रशंसकले खुसी व्यक्त गरेका छन् भने अनुभवी सुपरमोडललाई छनोट नगरिएको भन्दै कतिपयले ब्रान्डको आलोचना गरेका छन् । सामाजिक सञ्जाल तथा मार्केटिङ विशेषज्ञ जोएल मार्लिनारसनका अनुसार जेनरको छनोटले मोडलिङ क्षेत्रमा बदलिँदो प्रवृत्तिलाई उजागर गरेको छ । उहाँका अनुसार अहिले ब्रान्डहरूले परम्परागत मोडलिङ अनुभवभन्दा बढी जनताको ध्यान आकर्षित गर्न सक्ने सेलिब्रेटीलाई प्राथमिकता दिन थालेका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



