Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

साझा राष्ट्रिय एजेन्डाबिनै भारत भ्रमणमा गए बालेन : पूर्वप्रधानमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
साझा राष्ट्रिय एजेन्डाबिनै भारत भ्रमणमा गए बालेन : पूर्वप्रधानमन्त्री खनाल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाह साझा राष्ट्रिय एजेन्डा तयार नगरी भारत भ्रमणमा गएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । भारतीय समाचार संस्था एएनआईसँग आइतबार कुरा गर्दै खनालले भारत भ्रमणअघि प्रधानमन्त्री शाहले राजनीतिक दलहरूसँग छलफल गरेर साझा राष्ट्रिय एजेन्डा बनाउनुपर्ने बताउनुभएको हो । राष्ट्रिय सहमतिको एजेन्डा तयार भएको भए भारतसँगको छलफल र सम्भावित सम्झौता थप स्पष्ट हुने उहाँको भनाइ छ । प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुन विषयमा छलफल गर्ने र कस्ता सम्झौता गर्ने भन्ने विषयमै अन्योल रहेको खनालले टिप्पणी गर्नुभएको छ । उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन दुवै देशका साझा चासो र अपेक्षालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । दुई देशबीच धेरै सम्भावना र अपेक्षा रहे पनि सम्बन्धमा देखिएका असहजताका विषय समाधान गर्नुपर्ने उहाँको भनाइ छ । खनालले नेपाल–भारत सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व र असल छिमेकीपनका पाँच सिद्धान्तका आधारमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । दुवै देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नोभेम्बर २२ देखि २३ सम्म भारतको दुईदिने भ्रमणमा हुनुहुन्छ । गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो भारत भ्रमण तथा पहिलो द्विपक्षीय विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ । स्रोत : एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित
Latest NewsJust now

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने घोषणा गरेपछि मोफसलका क्रिकेट क्लब सञ्चालकहरू उत्साहित... ...

रातोपाटी
भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव
Latest NewsJust now

भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव

• पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीचको विश्वासको दूरी घटाउन प्राथमिकता दिनुपर्ने बताएका छन्। • उनले सीमा विवाद र व्यापार सम्झौतामा सुधारको आवश्यकता औंल्याउँदै, दुई देशबीचको आर्थिक सहकार्यको सम्भावना पनि रहेको बताएका छन्। • प्रधानमन्त्री शाहको यो भ्रमण भारतका प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने अवसर हुनेछ, जसमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल हुनेछ। ...

नेपालबहस
इरानले एकै सातामा वर्षकै सर्वाधिक ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको ट्रम्पको दाबी
Latest NewsJust now

इरानले एकै सातामा वर्षकै सर्वाधिक ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको ट्रम्पको दाबी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गत एक सातामा मात्रै वर्षभरिकै सबैभन्दा धेरै आक्रमणकारी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत ट्रम्पले यस्तो... ...

रातोपाटी
घोप्टेभिरमा आज पनि  पाँच घण्टा आवागमन बन्द, बिपद्काका कारण  गोरखाका दुई सडक अझै अबरुद्ध ,
Latest NewsJust now

घोप्टेभिरमा आज पनि पाँच घण्टा आवागमन बन्द, बिपद्काका कारण गोरखाका दुई सडक अझै अबरुद्ध ,

• चितवनको नागढुंगा–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ, दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिनेछ। • गोरखाको सोती–मान्बु जाने पुल बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ, जुन गत असोज २५ गतेदेखि अवरुद्ध छ। • दुवै स्थानमा सवारी तथा आवागमनको अवस्था हेरेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement