Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

साउदी अरबमा हुथीले गरेको आक्रमणमा एक नेपालीको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदी अरबमा हुथीले गरेको आक्रमणमा एक नेपालीको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मृतक र घाइतेको विस्तृत विरण भने प्राप्त भएको छैन । साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबीच तनाव बढिरहेका बेला भएको आक्रमणले प्रशोधन केन्द्रको सञ्चालनसमेत प्रभावित पारेको अलजजिराले जनाएको छ । साउदी अरबको ऊर्जा मन्त्रालयले आक्रमणकारीको पहिचान खुलाएको छैन । तर, साउदी नेतृत्वको गठबन्धनले आक्रमणमा हुथी विद्रोहीको संलग्नता रहेको आरोप लगाउँदै नागरिक पूर्वाधारमाथि थप आक्रमण भए सैन्य जवाफ दिने चेतावनी दिएको छ । ऊर्जा मन्त्रालयका अनुसार, बिहीबार केन्द्रमा हवाई प्रक्षेप्यास्त्र प्रहार हुँदा आगलागी भएको थियो । त्यसपछि केही सञ्चालन कार्य अस्थायी रूपमा बन्द गर्नुपरेको मन्त्रालयले जनाएको छ । गठबन्धनले त्यसपछि यमनको होदेइदा प्रान्तमा रहेको हुथी विद्रोहीको क्षेप्यास्त्र प्रक्षेपणस्थल ध्वस्त पारेको दाबी गरेको छ । यता, साउदी समर्थित यमनी सरकारी फौजले पनि हुथी अखडाहरूमा सयौँ आक्रमण गरेको र त्यसमा दर्जनौँ लडाकु मारिएको वा घाइते भएको जनाएको छ । बढ्दो हिंसाले यमनको मानवीय संकट थप गहिरिने चिन्ता बढाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार गत अगस्टयता तीन लाख ६० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । साउदी अरबको जाजानस्थित लाल सागर तटमा रहेको एक तेल प्रशोधन केन्द्र आक्रमणमा विभिन्न राष्ट्रका अन्य केही कामदारहरू घाइते भएका छन् । घटनालगत्तै उद्धार टोली र प्राविधिक विशेषज्ञहरूले घटनास्थलमा पुगी घाइतेहरूलाई तुरुन्तै अस्पताल पुर्‍याएका थिए । उक्त आक्रमणबाट भएको क्षतिको मूल्यांकन र सुरक्षा जाँचको कार्य पनि अगाडि बढाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कालीमाटीमा महँगियो गोलभेँडा, सस्तियो च्याउ
Latest NewsJust now

कालीमाटीमा महँगियो गोलभेँडा, सस्तियो च्याउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज लोकल गोलभेँडा, ब्रोकाउली, गाँजर, भन्टा, फर्सीसहितका तरकारीको भाउ बढेको छ। तर, च्याउ, भिन्डी, रायोको सागसहित केही तरकारीको भाउ भने घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। काल... ...

नेपालखबर
दूधको मूल्य ८० रुपैयाँ तोक्न कास्कीका किसानको माग, नत्र गोबर लिएर आन्दोलन गर्ने
Latest NewsJust now

दूधको मूल्य ८० रुपैयाँ तोक्न कास्कीका किसानको माग, नत्र गोबर लिएर आन्दोलन गर्ने

पोखरा । दूध उत्पादनमा लाग्ने लागत निरन्तर बढ्दै गए पनि ३ वर्षदेखि किसानले उत्पादन गरेको दूधको मूल्य बढेको छैन । बजारमा दूधको मूल्य बढेपनि किसानले पाउने मूल्य ६५ रुपैयाँमा सीमित... ...

रातोपाटी
बेवारिसे अवस्थामा भेटिएकी महिलाको उद्धार
Latest NewsJust now

बेवारिसे अवस्थामा भेटिएकी महिलाको उद्धार

पश्चिम नवलपरासी समाचारदाता पश्चिम नवलपरासी, मङ्सिर ११ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, उपहार नगर टोलमा बेवारिसे तथा अस्वस्थ अवस्थामा भेटिएकी एक महिलाको उद्धार गरी सुरक्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement