साउदी अरबमा आक्रमणमा परी एक नेपालीको मृत्यु, अमेरिकाद्वारा आफ्ना दूतावास कर्मचारीलाई देश छोड्न निर्देशन

EPA साउदी अरबको ऊर्जा मन्त्रालयले देशको पूर्वी प्रान्तमा पर्ने शेबा तेल क्षेत्रलाई बुधवार निशाना बनाएको एउटा ड्रोनलाई निस्तेज पार्दा त्यसको टुक्राटाक्री खसेको र त्यसबाट दुई जना मारिएको तथा अरू दुई जना घाइते भएको जनाएको छ।मन्त्रालयका अनुसार घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक रहेका छन्।ज्यान गुमाउनेमा एक नेपाली र एक फिलिपिनी नागरिक रहेको मन्त्रालयले एउटा विज्ञप्तिमार्फत् जनाएको छ। मृतकहरूको परिचय खुलाइएको छैन। आक्रमणमा परी नेपाली नागरिकले ज्यान गुमाएको बारे नेपालको परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै जानकारी दिएको छैन। नेपालमा शुक्रवारसम्म दशैँको सार्वजनिक बिदा दिइएको छ। साउदी अरबको विमानस्थलमा गरिएको हमलामा विदेशी नागरिकसहित कम्तीमा १२ जनाको मृत्यु, सयौँ घाइते साउदीको राजधानीमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दाबी यसअघि रियाद विमानस्थलमा हूथी विद्रोहीहरूको हमलापछि साउदी अरबमा कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बीबीसीलाई बताएका थिए। Reuters यसै महिनाको शुरूतिर हूथीहरूले रियादस्थित विमानस्थलमा हमला गरेका थिए विमानस्थलमा आक्रमणअर्कोतर्फ पूर्वी शहर दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार साँझ आक्रमण भएको साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।आक्रमणको प्रकृतिबारे उसले विस्तृत रूपमा खुलाएको छैन। तर आक्रमणमा परी एक विदेशी नागरिकको ज्यान गएको र अरू आठ जना घाइते भएको बताएको छ।"दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई बुधवार साँझ एउटा आक्रमणको निशाना बनाइएको थियो। आक्रमणमा परी एक जनाको ज्यान गएको छ र आठ जना सामान्यदेखि गम्भीर घाइते भएका छन्," ड्रोनको स्रोतबारे उल्लेख नगरी प्राधिकरणले सामाजिक सञ्जाल एक्समा लेखेको छ। Wass दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल साउदी अरब नेतृत्वको गठबन्धनले तेलले सम्पन्न सो क्षेत्रमा पछिल्ला केही घण्टाभित्र पाँच वटा ड्रोनलाई निस्तेज र ध्वस्त पारेको जनाएको छ।यसैबीच अमेरिकी विदेश मन्त्रालयले रियादस्थित आफ्नो राजदूतावासका अत्यावश्यक बाहेकका कर्मचारी र तिनका परिवारलाई साउदी अरब छोड्न निर्देशन दिएको कूटनीतिक स्रोतलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ।स्रोतका अनुसार वाशिङ्टनले दूतावास कर्मचारीका परिवारलाई संयुक्त अरब एमिरेट्स, जोर्डन, कतार र बाहरेन छोड्न पनि निर्देशन दिएको छ।तीन जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बुधवार समाचारसंस्था रोएटर्सले जनाएअनुसार अमेरिकी विदेश मन्त्रालयले खाडी क्षेत्रमा रहेका नियोगका केही कर्मचारी तथा तिनका परिवारलाई त्यहाँबाट फर्कन निर्देशन दिने तयारी गरिरहेको छ। ड्रोन हमलापछि साउदी अरेबियाले गर्यो मुख्य तेल पाइपलाइन बन्द अमेरिकाको चेतावनीरियादस्थित अमेरिकी राजदूतावासले साउदी केन्द्रहरूमा हूथीहरूद्वारा सम्भावित थप आक्रमणहरूको चेतावनी समेत दिएको छ।साउदी अरबको समर्थन रहेको यमनको सरकारी सेना र हूथी विद्रोहीबीच पछिल्लो समय लडाइँ चर्किएको छ। हूथीहरूले देशका अधिकांश क्षेत्रमाथि कब्जा गरेका छन्।यमनको गृहयुद्धमा साउदी अरबको सेनाले सरकारी सेनालाई सघाइरहेका कारण आफूहरूले साउदी अरबलाई निशाना बनाइरहेको हूथीहरूले बताएका छन्।चर्कँदो लडाइँबीच हूथी विद्रोहीहरूले रेड सीका महत्त्वपूर्ण रणनीतिक क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको पृष्ठभूमिमा साउदी अरबमाथि पछिल्ला हमला भएको छ।हूथी विद्रोहीलाई यमनमाथि नियन्त्रण कायम गर्नबाट रोक्ने तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनको सरकारलाई सघाउने उद्देश्यका साथ सन् २०१५ मा साउदी अरबको नेतृत्वमा एउटा सैनिक गठबन्धन बनाइएको थियो।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...

कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक... ...

सामाजिक सञ्जालबाट सात करोडको कमाइ
अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ...


