Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सांसदहरूले भने, ‘ठूला परियोजनाहरुमा नागरिक लगानी कोषले लगानी बढाउनुपर्‍यो’

Share:WhatsAppFacebookX (Twitter)Telegram
सांसदहरूले भने, ‘ठूला परियोजनाहरुमा नागरिक लगानी कोषले लगानी बढाउनुपर्‍यो’
Photo / Coverage: टक्सार

काठमाडाैँ । नागरिक लगानी कोषले अब लगानीलाई वृहत्त रुपमा बढाउनुपर्ने सांसदहरूले बताएका छन् । कोषको लगानी अत्यान्तै सिमित भएको भन्दै ठूला परियोजनाहरुमा समेत कोषले लगानी बढाउनुपर्ने बताएका हुन् । बिहीबारको अर्थसमितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा लगानी गर्न कानूनले नागरिक लगानी कोषलाई नरोक्ने भएकाले त्यस्ता क्षेत्रमा लगानी विस्तार गर्न अग्रह गरे । उनले बुट मोडलमा निर्माण हुने सुरुङमार्गजस्ता दीर्घकालीन पूर्वाधार परियोजनामा सरकारले लगानीका लागि अवसर उपलब्ध गराउने भएकाले नागरिक लगानी कोषले पनि त्यस्ता परियोजनामा सहभागी हुनुपर्ने बताए। त्यस्तै, अस्पताल तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि पिपिपी मोडलमार्फत सहकार्य गर्न सकिने उनको भनाइ छ । उनले आफ्नो गृहजिल्ला बागलुङमा दैनिक पाँचदेखि छ सय जनासम्म ओपीडी सेवा लिने अस्पताल रहेको उल्लेख गर्दै त्यसलाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताए । तर सरकारले एक्लै लगानी गर्न नसक्ने अवस्थामा नागरिक लगानी कोषजस्ता संस्थासँग सहकार्य गरेर अघि बढ्न सकिने उनकाे भनाइ छ । कोषले आफ्नो लगानीको दायरा र सम्भावनालाई फराकिलो बनाउनुपर्ने सुझाव दिँदै उनले लगानी व्यवस्थापनमा कर्मचारी परिचालन तथा कार्यसम्पादनको दक्षता देखिए पनि प्रतिफल र इक्विटीको अवस्था अपेक्षाकृत न्युन रहेको बताए । यद्यपि, कोषले योगदानकर्ताको रकम परिचालन गर्ने भएकाले अत्यधिक जोखिम लिएर आक्रामक रूपमा लगानी गर्न नहुने उनको भनाइ छ । तर जोखिमको कारण देखाउँदै लगानीका अवसरबाट पछि हट्न पनि नहुने उनले स्पष्ट पारे । हाल कोषले दुईवटा क्षेत्रमा मात्रै लगानी गरेको र तीमध्ये पनि करिव ५० प्रतिशत लगानी कोषकै रहेको देखिएको बताउँर्दै उनले लगानीका नयाँ क्षेत्र र सम्भावनाको खोजी गर्नुपर्ने बताए । यसका लागि सरकारले के गर्नुपर्छ भन्ने विषयमा अर्थ मन्त्रालयका सचिवसँग समेत छलफल गरी आवश्यक समाधान खोजिनेछ । कोषलाई लगानी विस्तार तथा नीतिगत सुधारका क्रममा आवश्यक सहयोग र सहजीकरण गर्न संसदीय समिति तयार रहेको उनले बताए । आवश्यक परे अर्थ मन्त्रालय तथा सरकारलाई निर्देशन दिन सकिने र कोषमाथि कुनै प्रकारको विभेद भएको विषय उठेको भए त्यसलाई पनि समितिले गम्भीरतापूर्वक हेर्ने उनको भनाइ छ । सामाजिक सुरक्षा कोषमा सबैलाई अनिवार्य रूपमा आबद्ध गराउने व्यवस्था गरिएको तर नागरिक लगानी कोषलाई त्यहीअनुसार प्रोत्साहन नगरिएको देखिएको उल्लेख गर्दै उहाँले राज्यले आफ्नै निकायमध्ये एउटालाई प्रवद्र्धन गर्ने र अर्कोलाई उपेक्षा गर्ने नीति लिन नहुने बताए । यस्तो व्यवहार प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि उचित नहुने उनको भनाइ छ । नेपाली काँग्रेसका सांसद नरेन्द्र केरुङले कतिपय अधुरा योजनाहरु अघि बढाउन अब नागरिक लगानी कोष अघि सर्नुपर्ने बताए । उनकाअनुसार पर्यटनदेखि आर्थिक गतिविधि, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा योगदान पुग्न सक्ने परियोजना कोष आफैँले छनोट गरेर कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्छ। नेकपा एमाले प्रा.डा.सांसद पुष्पराज कँडेलले नागरिक लगानी कोषको संस्थाले गरेको आवश्यकता र सरकारले ल्याएको संशोधन विधेयक बिच तालमेल मिल्न नसकेको बताए । उनले विधेयकमा सरकारले जतिबेला पनि कार्यकारी निर्देशक हटाउन सक्ने प्रवधानमाथि प्रश्न उठाए । समिति सभापति डा.कृष्णहरी बुढाथोकीले बैठक पछि १० दिनभित्र सांसद्हरुले उठाएका प्रश्नको जवाफसहित प्रतिवेदन पेश गर्न कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई निर्देशन दिए । बुढाथोकीले भने, “नागरिक लगानी कोष भनिएको छ, तर नागरिकको पहुँच अलि बढी हुन सकेन कि भन्ने कुरा आइरहेको छ । कसरी पहुँच वृद्धि गर्ने भन्ने विषय पनि छ । अब समग्रमा यहाँ धेरै विषयवस्तु आएका छन् । मैले के भनेको भने, यहाँ उठेका विषयवस्तु र हाम्रो कार्यसूचीमा रहेका विषयवस्तुलाई समेटेर नागरिक लगानी कोषका कार्यकारी निर्देशकज्यूलाई १० दिनभित्र अलि वृहत खालको प्रतिवेदन यस समितिमा पेस गर्न निर्देशन गर्छु ।” उनकाअनुसार कार्कीले १० दिन भित्र कोषले पहुँच केकसरी वृद्धि गर्ने हो, भावी कार्यदिशा सहितको स्पष्ट खाका बुझाउनुपर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म
Latest NewsJust now

वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनी व्यवस्था लागू गरेको छ । महानगरपालिकाले... ...

रातोपाटी
चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने
Latest NewsJust now

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने

बेइजिङ, मङ्सिर १० गते । चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी... ...

गोरखापत्र
भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन
Latest NewsJust now

भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच ...

केन्द्रबिन्दु
पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि
Latest NewsJust now

पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, सिर्जनात्मक लेखन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘राइटर्स क्याम्प सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । आर्थिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement