Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सशस्त्र प्रहरीको निरीक्षण अब औपचारिकतामा सीमित नहुने, जनविश्वास र कार्यसम्पादन पनि मूल्याङ्कन गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सशस्त्र प्रहरीको निरीक्षण अब औपचारिकतामा सीमित नहुने, जनविश्वास र कार्यसम्पादन पनि मूल्याङ्कन गरिने
Photo / Coverage: पर्दाफास

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिवृद्धिका लागि वार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराखी व्यावसायिकता, कार्यक्षेत्रको वास्तविक नतिजा, सीमा सुरक्षाको प्रभावकारिता र नागरिक तहमा संगठनले आर्जन गरेको जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउन निर्देशन दिएका छन् । मंसिर १० गते सशस्त्र प्रहरी बल, नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० (तेस्रो संशोधन) बमोजिम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट केन्द्रीय निरीक्षणमा खटिने टोलीका सदस्यहरुलाई संचालन गरिएको अनुशिक्षण तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिनुभएको प्रहरी निरीक्षण दिल कुमार श्रेष्ठले जानकारी दिए । उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट खटिने निरीक्षण टोलीहरूले कुनै पनि पूर्वाग्रह, व्यक्तिगत स्वार्थ वा पहुँचका आधारमा नभई तोकिएको कार्यविधि र निष्पक्ष मापदण्डभित्र रहेर इकाईहरुको निरीक्षण गर्नुपर्ने बताउदै इकाईभित्र कमान्डर र फौजबीचको सामञ्जस्य, गुनासो व्यवस्थापन र आन्तरिक अनुशासनको अवस्थालाई सुक्ष्म रूपमा केलाउन समेत निरीक्षण टोलीलाई निर्देशन दिए । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निरीक्षण टोलीले इकाईभित्रका गतिविधिमा मात्र सिमित नरही अन्य सुरक्षा निकाय, स्थानीय सरकार लगायत अन्य सरोकारवाला निकायसँगको समन्वय र सशस्त्र प्रहरीप्रतिको जनविश्वासको वास्तविक मापन समेत गर्नुपर्ने बताउनुहुँदै निरीक्षणमा खटिने कमान्डर तथा टोली सदस्यहरू स्वयंले उच्च नैतिक आचरण र व्यावसायिक अनुशासन प्रदर्शन गर्नुपर्नेमा जोड दिए । उनले विगतका वर्षहरूमा अपनाइएका मूल्याङ्कन अभ्यासहरूलाई परिमार्जन गर्दै वााहिनी, गण, गुल्म, तालिम केन्द्र तथा सीमा सुरक्षा बेसहरूसम्मको भूमिकालाई थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न टोलीहरू गठन गरी प्रदेशस्तरमा खटाइएको उल्लेख गर्नुहुँदै निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी संस्थागत सुधारको माध्यम बनाउनुपर्ने बताए । उक्त अनुशिक्षण तालिमको उद्घाटन मंसिर ९ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलले गरेका थिए । उनले फरक–फरक टोलीले मूल्याङ्कन गर्दा आउन सक्ने त्रुटिलाई घटाउन र देशभरका युनिटहरूलाई एउटै मापदण्डमा नाप्नको लागि यस किसिमका अनुशिक्षण तालिम संचालन गरिएको बताए । निरीक्षण कार्यलाई पारदर्शी र निष्पक्ष बनाउन उच्च अधिकृतहरुको नेतृत्वमा विभिन्न विशेष टोली परिचालन गरिने भएको छ । निरीक्षण टोलीलाई तोकिएको ढाँचाबाहेक वास्तविक वस्तुस्थिति दर्शाउने प्रतिवेदन समेत पेश गर्ने अधिकार दिइएको छ । आर्थिक अनुशासन र सुशासन कायम राख्न निरीक्षण टोलीमा लेखा अधिकृतहरूलाई समेत संलग्न गराइएको छ भने सो टोलीेले इकाईहरुमा विनियोजित पुँजीगत खर्च अनुसार कार्यक्षेत्रमा वास्तविक काम भए–नभएको सूक्ष्म अनुगमन गर्नेछ । निरीक्षण सम्पन्न भएपश्चात वस्तुनिष्ठ समीक्षा गरी सशस्त्र प्रहरी बल नेपालको आगामी दिनमा नीतिगत परिमार्जन, रणनीतिक योजना निर्माण र कार्यविधिगत सुधार गर्दै लैजाने योजना समेत रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक
OthersJust now

एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक

आदिवासी जनजाति समुदायको स्वतन्त्र पूर्वसूचित सहमति (एफपिक) कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान कार्यालय प्रमुख रामकुमार मादेनले संयुक्तरुपमा विहीबार निर्देशिका सार्वजनिक गरेका हुन् । निर्देशिका सार्वजनिक कार्यक्रममा अध्यक्ष थापामगरले आदिवासी जनजाति समुदायको पुर्ख्यौली थातथलोमा उनीहरूको स्वतन्त्र र पूर्वसूचित सहमतिबिना कुनै ...

पर्दाफास
फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार
OthersJust now

फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् । फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको समान जिम्मेवारी रहेको बताए । उनले भने, ‘फोहोर व्यवस्थापन ...

पर्दाफास
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च
OthersJust now

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च

पृथ्वीको सबैभन्दा कान्छो पहाडका रूपमा चिनिएको चुरे शृङ्खला संरक्षण गर्न सरकारले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन सुरु गरेको थियो । ...

अनलाइन खबर
पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप
OthersJust now

पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप

यो मामलाका जानकाहरू त अर्याल श्रम सचिव हुनुभन्दा पहिला जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका बेलादेखि यो प्रकरणमा जोडिएकाहरूसँग निकट रहेर उनीहरूलाई सहयोग गरेको दाबी गर्छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement