Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सलमान खानको ‘मातृभूमि’को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, कीर्तिमानको चर्चा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सलमान खानको ‘मातृभूमि’को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, कीर्तिमानको चर्चा
Photo / Coverage: विश्वखबर

काठमाडौं – बलिउड अभिनेता सलमान खान अभिनीत आगामी युद्धप्रधान चलचित्र ‘मातृभूमि स् मे वार रेस्ट इन पिस’ को ट्रेलर सार्वजनिक हुनुअघि नै यसको अवधिलाई लिएर चर्चा सुरु भएको छ । भारतीय केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्ड ९सीबीएफसी० बाट प्रमाणपत्र प्राप्त ट्रेलरको अवधि ४ मिनेट ४३ सेकेन्ड रहेको बताइएको छ । करिब पाँच मिनेट लामो ट्रेलर भारतीय चलचित्र उद्योगका लामो ट्रेलरमध्ये एक बन्ने देखिएको छ । भारतीय सिनेमामा यसअघि पनि लामो अवधिका ट्रेलर सार्वजनिक भएका छन्। अजय देवगन अभिनीत ‘सिंघम अगेन’को ट्रेलर ४ मिनेट ५८ सेकेन्ड र ‘रामायण स् भाग १’को पहिलो ट्रेलर ४ मिनेट १५ सेकेन्ड लामो रहेको बताइएको छ । सीबीएफसीले ‘मातृभूमि’को ट्रेलरलाई ‘यूए १६ प्लस’ श्रेणीको प्रमाणपत्र दिएको छ । यसको अर्थ १६ वर्षमुनिका दर्शकले अभिभावकीय मार्गदर्शनमा हेर्नुपर्ने हुन्छ । सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा रहेको यो चलचित्र युद्धप्रधान कथावस्तुमा आधारित छ । चलचित्रको ट्रेलर यसै शुक्रबार मुम्बईमा विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, निर्माण पक्षबाट कार्यक्रमको औपचारिक पुष्टि हुन बाँकी रहेको बताइएको छ । यसअघि सलमान खानले चलचित्रको पहिलो झलकका रूपमा ‘तेरी सेक्सी ब्युटी’ शीर्षकको गीत सार्वजनिक गरेका थिए । गीतमा सलमान स्वयंको स्वर रहेको छ भने भिडियोमा चित्रांगदा सिंह पनि देखिएकी छन् । लामो ट्रेलर, युद्धप्रधान कथावस्तु र सलमान खानको उपस्थितिका कारण चलचित्र प्रदर्शनअघि नै दर्शकमाझ चासो बढेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडक सञ्जाल नहुँदा चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय
Latest NewsJust now

सडक सञ्जाल नहुँदा चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय

गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो रु २६, न्यू शक्ति नुनको रु ...

केन्द्रबिन्दु
कोशीको तटबन्ध अनुगमनपछि नेपाल–भारतको संयुक्त बैठक बस्दै
Latest NewsJust now

कोशीको तटबन्ध अनुगमनपछि नेपाल–भारतको संयुक्त बैठक बस्दै

बाबुराम कार्कीसुनसरी, कात्तिक २० गते । सप्तकोशी नदीको पूर्वी र पश्चिमी तटबन्धमा बर्खायाममा आएको बाढीले पु-याएको क्षति तथा सम्भावित जोखिमको अवस्था पहिचान गर्न नेपाल र भारतका प्राविध... ...

गोरखापत्र
लयमा फर्किंदै तल्लो मुस्ताङको पर्यटन
Latest NewsJust now

लयमा फर्किंदै तल्लो मुस्ताङको पर्यटन

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक १९ गते । प्राकृतिक विपत्तिका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किएको छ । रसुवा भोटेकोशी र कालीगण्डकीमा आएको बाढी र पछिल्ल... ...

गोरखापत्र
विराटनगरदेखि उदयपुरसम्म : प्रकृतिको सौन्दर्य, सभ्यताको स्पन्दन र आत्मयात्रा(नियात्रा)
Latest NewsJust now

विराटनगरदेखि उदयपुरसम्म : प्रकृतिको सौन्दर्य, सभ्यताको स्पन्दन र आत्मयात्रा(नियात्रा)

बिहानको आकाश बिस्तारै उज्यालिँदै थियो। पूर्वी क्षितिजमा सूर्यका प्रथम किरणहरूले रातको अँध्यारोलाई विस्तारै पन्छाउँदै गर्दा विराटनगरको सडकमा दिनचर्या सुरु... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play