Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले चारै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए। ‘चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ,’ सपभाति श्रेष्ठले भने। सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन भएको हो। न्याय परिषद्ले गत असोज २ मा सर्वोच्चको न्यायाधीशका लागि उनीहरूको नाम सिफारिश गरेको थियो। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् भने अन्य तीनै जना उच्च अदालतका न्यायाधीश हुन्। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरिनेछ। त्यसपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। The post सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ग्राहकको माग बढेपछि दराज ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो
Latest NewsJust now

ग्राहकको माग बढेपछि दराज ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता र माग बढेपछि कम्पनीले अभियान नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म सञ्चालन गर्ने भएको हो । यसअघि छोटो अवधिका लागि सञ्चालन गरिएको अभियानलाई ग्राहकको मागअनुसार विस्तार गरिएको दराजले जनाएको छ । अभियानको […] ...

लोकपथ
१४औँ ओभरमा काठमान्डुले गुमायो पहिलो विकेट
Latest NewsJust now

१४औँ ओभरमा काठमान्डुले गुमायो पहिलो विकेट

काठमाडौँ । लुम्बिनीविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको काठमान्डुले १४औँ ओभरमा पहिलो विकेट गुमाएको छ । ओपनर साहिल पटेल ३६ बलमा ३८ रन बनाएर आउट भए । योसँगै १०४ रनको पार्टरसिप... ...

रातोपाटी
जुवातास खेल्दाखेल्दै ५९ जना पक्राउ
Latest NewsJust now

जुवातास खेल्दाखेल्दै ५९ जना पक्राउ

काठमाण्डु – देशभर जुवातास खेल्दाखेल्दै प्रहरीले ५९ जनालाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ४० वर्षीय सुरेश कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ […] ...

काठमाण्डुपाटी
गौतमबुद्ध विमानस्थल छिटै पूर्ण क्षमतामा चल्छ : सांसद अग्रवाल
Latest NewsJust now

गौतमबुद्ध विमानस्थल छिटै पूर्ण क्षमतामा चल्छ : सांसद अग्रवाल

रुपन्देही समाचारदातारुपन्देही, कात्तिक २१ गते । रुपन्देहीका प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै पूण क्षमतामा चल्ने बताउनुभ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play