Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चमा २७ हजार मुद्दा पेन्डिङ, फैसला कार्यान्वयनमै केसीले उठाए प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चमा २७ हजार मुद्दा पेन्डिङ, फैसला कार्यान्वयनमै केसीले उठाए प्रश्न
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा मुद्दाको चाप र फैसला कार्यान्वयनको कमजोर अवस्थाप्रति प्रश्न उठाएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दको सुनुवाइका क्रममा उनले सर्वोच्च अदालतमा मात्रै २५ देखि २७ हजार मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले अदालतबाट फैसला हुनु मात्रै पर्याप्त नहुने भन्दै न्याय माग्न पुगेका नागरिकले न्यायको अनुभूति गर्न पाउनुपर्ने र फैसला कार्यान्वयनसमेत सुनिश्चित हुनुपर्ने बताए । ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’ भन्ने न्यायिक मान्यताको स्मरण गराउँदै केसीले लामो समयसम्म मुद्दा टुङ्गो नलाग्दा नागरिकले वास्तविक न्याय पाउन नसक्ने बताए । फैसला भएपछि पनि त्यसको कार्यान्वयन नहुने अवस्थाले न्यायको औचित्यमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ । केसीले न्यायालय सुधारका लागि कार्ययोजना बनाउनेभन्दा त्यसलाई व्यवहारमा लागू गर्ने क्षमता अहिलेको मुख्य आवश्यकता भएको बताए । प्रस्तावित न्यायाधीश बागचन्दको पाँचवर्षे कार्यकालमा न्याय सम्पादनलाई छिटो, प्रभावकारी र नागरिकले अनुभूति गर्ने खालको बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘नेपालको न्यायपालिकाप्रति जनताको विश्वास र प्रतिष्ठामा गिरावट आएको छ । राजनीतिक दबाब, शक्ति केन्द्रहरूको प्रभाव र बिचौलियाको चलखेलले न्यायिक स्वतन्त्रता तथा निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । समस्या कार्ययोजना र नीतिको अभावभन्दा पनि तिनको प्रभावकारी कार्यान्वयन नहुनु हो । त्यसैले प्रस्तावित प्रधानन्यायाधीशले आफ्नो पाँचवर्षे कार्यकालमा योजनालाई व्यवहारमा कसरी रूपान्तरण गर्नुहुन्छ भन्ने महत्त्वपूर्ण प्रश्न छ ।’ उनले न्यायालयमा राजनीतिक दबाब र बिचौलियाको प्रभाव बढ्दै गएको भन्दै न्यायिक स्वतन्त्रता कायम राख्न न्यायाधीशहरू दृढ हुनुपर्ने पनि बताए । न्यायालय लोकतन्त्र र नागरिकको भरोसाको केन्द्र भएकाले यसको संस्थागत गरिमा पुनःस्थापित गर्न निष्पक्षता, पारदर्शिता र इमानदारी आवश्यक रहेको केसीको भनाइ छ । उनले कुनै पनि राजनीतिक वा बाह्य दबाबमा नपरी न्याय र विवेकका पक्षमा उभिन प्रस्तावित न्यायाधीश बागचन्दलाई आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रवि लामिछानेको आग्रह- अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ
OthersJust now

रवि लामिछानेको आग्रह- अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गरी अभिव्यक्ति र गतिविधि नगर्न आग्रह गरेका छन् । शुक्रबार चितवनमा आफ्नो धारणा राख्दै उनले अदालतका विषयमा सुनेका भरमा वा लेखिएका आधारमा टिप्पणी गर्दा संस्थाको गरिमा र विश्वसनीयता कमजोर हुने बताएका हुन् । अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेसलगायतका संस्थाहरू कमजोर भए समग्र ...

पर्दाफास
सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत
OthersJust now

सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत

२० कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी आगामी निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। सरकारमा जाने विषयमा विभिन्न अड्कलबाजी चलिरहेका बेला अध्यक्ष राउतले शुक्रबार सत्ता र मन्त्रालयको लोभमा फस्नुलाई आत्मघाती कदमको संज्ञा दिँदै यस्तो प्रस्टीकरण दिएका हुन्। ‘जनमत पार्टीका सबै सभासद् (सांसद) हरूले राजीनामा दिऊन्, कि सबैले… ...

अनलाइन खबर
तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने
OthersJust now

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदा अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर राख्न केन्द्रीय बैंकले भनेको हो । ...

अनलाइन खबर
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल
OthersJust now

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल

२० कात्तिक, काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक’ को मस्यौदामाथि आज सरोकारवालासँग छलफल आयोजना गरेको हो । सिंहदरबारस्थित कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play