Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता, कात्तिक ३० मा पेसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता, कात्तिक ३० मा पेसी
Photo / Coverage: पर्दाफास

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ। रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको अदालत स्रोतले जनाएको छ।

कार्कीले आफूलाई कानुनी प्रक्रिया पूरा नगरी प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सरकारी निर्णय बदर गरी पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

बिहीबार सर्वोच्च अदालतमा पेस गरिएको रिट निवेदन अदालत प्रशासनले अध्ययन गर्नुपर्ने भन्दै बिहीबार दर्ता गरेको थिएन। शुक्रबार दर्ता प्रक्रिया अघि बढेसँगै रिट न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गरेको हो।

सामान्यतया रिट निवेदन दर्ता भएपछि लगत्तै सुनुवाइका लागि पेसी तोकिने भए पनि तिहार बिदाका कारण कार्कीको निवेदनमाथिको प्रारम्भिक सुनुवाइ पछि सरेको हो। शनिबारेदेखि कात्तिक २५ गते बुधबारसम्म बिदा रहेकाले कात्तिक ३० गतेका लागि पेसी निर्धारण गरिएको अदालत स्रोतको भनाइ छ।

सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी.लाई नयाँ महानिरीक्षक नियुक्त गरेको थियो। कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुल्मीमा तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न प्रशासनको आग्रह
OthersJust now

गुल्मीमा तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न प्रशासनको आग्रह

२० कात्तिक, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहार, छठ तथा नेपाल संवत्का अवसरमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले सार्वजनिक सूचना जारी गर्दै देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित र व्यवस्थित रूपमा राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेका छन् । प्रशासनले… ...

अनलाइन खबर
कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँ
OthersJust now

कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँ

रविले भनेका छन्, ‘हामीले एउटा चुनाव मात्र जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ।’ ...

अनलाइन खबर
एसीसी यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित
OthersJust now

एसीसी यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो । ...

अनलाइन खबर
वडाध्यक्ष उम्मेदवारमा चाहना कम देखिएपछि रविले भने– अब मै आउँला लड्न
OthersJust now

वडाध्यक्ष उम्मेदवारमा चाहना कम देखिएपछि रविले भने– अब मै आउँला लड्न

‘मै आउँला अब राजीनामा दिएर चुनाव लड्न । तपाईंहरू त धेरै ठूलो हुन थाल्नुभयो । वडाध्यक्षमा आवेदन दिएको मैल देखिनँ’, लामिछानेले भने । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play