Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चमा चार न्यायाधीश नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चमा चार न्यायाधीश नियुक्त
Photo / Coverage: पर्दाफास

राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा आज नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार डा रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो । डा बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए भने न्यायाधीश सारु उच्च अदालत पाटन, न्यायाधीश पाण्डे उच्च अदालत पाटन (हेटौँडा इजलास) र डाँगी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने
OthersJust now

सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने

काठमाण्डु- छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने भएको छ । कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट आज दर्ता गर्दै कात्तिक ३० गतेका लागि पेशी […] ...

काठमाण्डुपाटी
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल
OthersJust now

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवद्र्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका महत्वपूर्ण विषयमा विस्तृत… ...

अनलाइन खबर
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी
OthersJust now

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० जना प्रस्तावित राजदूतहरूको नाम पठाएकोमा शुक्रबारसम्म तीन देशका राजदूतको अग्रिमो प्राप्त भइसकेको छ । ...

अनलाइन खबर
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो
OthersJust now

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play