काठमाडौं। सर्लाहीको बागमती नगरपालिका-१२ बोटे टोलमा बुधबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।पूर्वपश्चिम महेन्द्र राजमार्गको पुतली चोकबाट भित्री सडक हुँदै बोटे टोलतर्फ जाँदै गरेको को ११ प ३७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी मोरङको सुन्दर हरैचा नगरपालिका-६ घर भई पुतली चोकस्थित दिदीको घरमा बस्दै आएका २५ वर्षीय रुपक विश्वकर्माको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमका अनुसार गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि नमुना अस्पताल हरिवन लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






