काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार ढंगले सञ्चालन हुन नसकेको टिप्पणी गर्दै आफूहरूले सामना गरिरहेका घेराबन्दी र अवरोधलाई चिर्दै अघि बढ्ने बताएका छन् । छठ मनाउन सर्लाही झरेका सभापति थापाले एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अघिल्लो निर्वाचनबाट नागरिकले दिएको जिम्मेवारीअनुसार आफूहरू प्रतिपक्षमा बसेर सरकार सञ्चालनमा सहयोग र खबरदारी गरिरहेको उनले बताए । साथै आफूहरुविरुद्ध विभिन्न षड्यन्त्र र घेराबन्दी भइरहेकाे उल्लेख गर्दै त्यसलाई चिर्न आफूहरू सक्षम रहेको दाबी गरे । यस्ता चुनौती आउनु ठूलो कुरा नभएको भन्दै उनले देशको समय खेर जान नदिने र जनताले दुःख पाउने अवस्था आउन नदिन आफूहरू प्रतिबद्ध रहेको बताए । छठ पर्वको अवसरमा शुभकामना दिँदै थापाले धर्म, संस्कृति र परम्पराले प्रकृतिसँग मिलेर बस्न सिकाउने उल्लेख गरे । छठ पर्वबाट देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्ने प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरे ।
सरकार ढंगले चलेको छैन, घेराबन्दी चिर्न हामी सक्षम छौं -गगन थापा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






