सरकारी निकायलाई ‘Node2Shell’ जोखिमबारे सतर्क गराउन साइबर सुरक्षा केन्द्रले जारी गर्यो विशेष एडभाइजरी

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले Node.js Runtime मा गम्भीर सुरक्षा कमजोरी पहिचान भएपछि सरकारी निकाय तथा प्रणाली सञ्चालकलाई सुरक्षा अद्यावधिक गर्न आग्रह गरेको छ। केन्द्रले २०८३ आज कात्तिक ११ गते एक साइबर सुरक्षा एडभाइजरी जारी गर्दै (NCSC-1146-115-05) मा Node2Shell (CVE-2026-111497) लगायतका सुरक्षा कमजोरीको दुरुपयोग भएमा सम्बन्धित प्रणालीमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने र प्रणालीमा चलिरहेका कार्यमाथि अनधिकृत नियन्त्रण कायम हुन सक्ने जोखिम औँल्याएको हो। केन्द्रले जोखिमबाट बच्न सम्बन्धित निकायका प्रणाली तथा वेब एप्लिकेसनमा प्रयोग भएको Node.js Runtime को संस्करण जाँच गरी तोकिएका संस्करणमा अद्यावधिक गर्न अनुरोध गरेको छ। एडभाइजरीअनुसार Node.js को २६.x संस्करण प्रयोग गरिरहेका प्रणालीलाई २६.१२.१ वा सोभन्दा नयाँ, २४.x संस्करणलाई २४.२२.१ वा सोभन्दा नयाँ तथा २२.x संस्करणलाई २२.२३.४ वा सोभन्दा नयाँ संस्करणमा अद्यावधिक गर्नुपर्नेछ। त्यस्तै, Node.js २५.x, २३.x, २०.x, १८.x वा त्यसभन्दा पुराना संस्करण प्रयोग भइरहेका प्रणालीले सुरक्षा अद्यावधिक प्राप्त नगर्ने भएकाले समर्थित संस्करणमा स्थानान्तरण गर्नुपर्ने केन्द्रले जनाएको छ। यस्तो स्थानान्तरण गर्नुअघि सम्बन्धित प्रणालीसँग नयाँ संस्करणको अनुकूलता परीक्षण गर्न पनि एडभाइजरीमा सुझाव दिइएको छ। Node.js वेब सर्भर, एपीआई तथा विभिन्न वेब एप्लिकेसन सञ्चालनमा प्रयोग हुने सफ्टवेयर हो। यसमा देखिएको सुरक्षा कमजोरीले विशेषगरी जोखिमयुक्त डाटा प्रशोधन गर्ने प्रणालीलाई असर गर्न सक्छ। अन्तर्राष्ट्रिय सुरक्षा सूचनाअनुसार Node2Shell कमजोरीले आक्रमणकारीले तयार पारेको खराब Brotli कम्प्रेस्ड डाटा प्रशोधन गर्ने प्रणालीमा गम्भीर असर पार्न सक्छ। यसको सम्भावित प्रभावमा प्रणाली बन्द हुनेदेखि अनधिकृत कोड सञ्चालनसम्म पर्न सक्छ। केन्द्रले सम्बन्धित निकाय तथा प्रणाली सञ्चालकलाई प्रयोगमा रहेका संस्करणको पहिचान गरी आवश्यक सुरक्षा उपाय तत्काल अपनाउन आग्रह गरेको छ। The post सरकारी निकायलाई ‘Node2Shell’ जोखिमबारे सतर्क गराउन साइबर सुरक्षा केन्द्रले जारी गर्यो विशेष एडभाइजरी appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदाउपर आज मन्त्रालयमा आयोजित सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमालाई स्पष्ट पार्न त्यसै बमोजिमको कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्। कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक ...

एनपीएल तेस्रो संस्करण: साेमपाल कामीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सद्वारा विराटनगर किङ्स ४ विकेटले स्तब्ध
१२ कात्तिक, काठमाडौं। एनपीएल: कर्णालीकाे राेमाञ्चक जित, विराटनगर स्तब्ध: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको राेमाञ्चक जित निकालेकाे छ। जितका लागि १८७ रनकाे बिशाल लक्ष्य ...

राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा
प्राज्ञिक विकास र गुणस्तरको सवालमा ठोस मुद्दाहरू उठाउँदै राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। स्थापनाको ९ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले परम्परागत शैलीलाई तोड्दै अबका दिनमा गर्ने सुधार र मुख्य एजेन्डाहरूलाई सार्वजनिक गरेको हो। कार्यक्रमको आरम्भमा विश्वविद्यालयका रजिष्ट्रार डा. जीवन काफ्लेद्वारा राष्ट्रिय झण्डा र विश्वविद्यालयको झन्डोतोलन गरिएको थियो भने उपकुलपति र रजिष्ट्रारद्वारा ...

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको छ। नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे-मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताए। उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए। अहिले मर्मतका लागि प्राविधिक टोली खटिएको छ। यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट ...


