Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : अध्यक्ष ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन : अध्यक्ष ओली
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भुमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले नेकपा एमाले देशमा अस्तित्वमा रहेको प्रमुख प्रतिपक्षी दल भएको उल्लेख गर्दै सरकारका गलत कामको प्रतिवाद गर्ने बताउनुभएको हो । ओलीले गएको निर्वाचनमा एमालेको पराजयलाई जनताबाट अलगिएको परिणामका रूपमा व्याख्या गर्न नमिल्ने जिकिर गर्नुभयो । निर्वाचनका लागि सुरुदेखि नै प्रतिकूल वातावरण सिर्जना गरिएको र एमालेलाई एक्ल्याउने प्रयास भएको उहाँको आरोप छ । उहाँले संसदको असंवैधानिक विघटनलाई मान्यता दिइएको भन्दै न्यायालयको भुमिकामाथि प्रश्न उठाउनु भयो । संविधान र कानूनअनुसार न्यायिक निर्णय हुन नसकेको भन्दै उहाँले त्यसबेला न्यायालयले न्याय दिन नसकेको टिप्पणी गर्नुभयो । निर्वाचनको वातावरण नभएको भन्दै एमालेले शुरुदेखि आवाज उठाए पनि पार्टीले निर्वाचन बहिष्कार नगरेको उहाँले बताउनु भयो । निर्वाचनमा सहभागी नभएको भए एमालेमाथि थप गलत व्याख्या र प्रहार हुनसक्ने भएकाले प्रतिकूल अवस्थामा पनि चुनावमा गएको उहाँको भनाइ थियो । ओलीले विभिन्न शक्ति लागेर एमालेलाई समाप्त पार्न खोजे पनि पार्टी अझै बलियो अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको सहभागितालाई लिएर सरकारको आलोचना गर्नुभयो । नेपालको सहभागिता कमजोर रहेको भन्दै उहाँले जलवायु परिवर्तनको मुद्दा पर्यटनसँग मात्र नभई हिमाल, हिमनदी, जल पुनर्भरण प्रणाली र समग्र जनधनको सुरक्षासँग जोडिएको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘गएको निर्वाचनमा हाम्रो लज्जास्पद हार भयो । तर यसको कारण जनताबाट टाढिनु मात्र थिएन । निर्वाचनअघि नै भयावह र असामान्य राजनीतिक वातावरण सिर्जना गरिएको थियो । संसद्को असंवैधानिक विघटनलाई किन स्वीकार गरियो ? त्यसविरुद्ध किन आवाज उठाइएन ? संविधान र कानूनअनुसार न्यायिक निर्णय किन भएन ? यी प्रश्नहरूको गम्भीर समीक्षा हुनुपर्छ । हामीले शुरुदेखि नै निर्वाचनका लागि उपयुक्त वातावरण नभएको भन्दै आएका थियौँ । हामीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भयो । तर प्रतिकूल परिस्थितिका बाबजुद हामीले निर्वाचनमा भाग लियौँ । नेकपा एमाले आज पनि देशको प्रमुख प्रतिपक्षी शक्तिका रूपमा रहेको छ । हामी सरकारको ओत लागेर होइन, स्वतन्त्र प्रतिपक्षको भूमिकामा रहेर राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र जनताको अधिकारको रक्षा गर्नेछौँ । सरकारका कामकारबाही र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुतिबारे पनि गम्भीर प्रश्न उठेका छन् । विशेषगरी टर्कीमा आयोजित कोप ३१ सम्मेलनमा नेपालको सहभागिता र प्रस्तुतिलाई प्रभावकारी बनाउन नसकिएको देखियो । जलवायु परिवर्तन नेपालको पर्यटनको मात्र विषय होइन । यो विश्वव्यापी वातावरण, हिमाल, हिमनदी र समग्र पारिस्थितिक प्रणालीको संरक्षणसँग जोडिएको विषय हो। हिमालको संरक्षण भनेको पानीको पुनर्भरण प्रणाली, जनधनको सुरक्षा र मरुभूमीकरण रोक्ने सवाल पनि हो । त्यसैले नेपालको जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन आवश्यक छ ।’ हिमालको संरक्षण नेपालको मात्र नभई विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्दै ओलीले जलवायु परिवर्तनका असर रोक्न गम्भीर पहल आवश्यक रहेको बताउनु भयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रतियोगिताको उद्घाटन कार्तिक १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने भएपनि प्रतियोगिताका खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु ...

केन्द्रबिन्दु
एन्फामाथि राखेपले लगाएको प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा
Latest NewsJust now

एन्फामाथि राखेपले लगाएको प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ। राखेपको कार्यकारी समितिले यसअघि विभिन्न समयमा एन्फामाथि लगाएका सबै प्रकारका प्रतिबन्ध हटाउने निर्णय गरेको हो। राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्र पठाउँदै एन्फालाई निर्णयबारे औपचारिक जानकारी गराएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम निलम्बन तथा ...

केन्द्रबिन्दु
यस्तो छ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीसहितको सम्पूर्ण विवरण (सूचीसहित)
Latest NewsJust now

यस्तो छ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीसहितको सम्पूर्ण विवरण (सूचीसहित)

ढाका । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यार्थी नेतृत्वको विद्रोहबाट १५ वर्षे शासन अन्त्य भएपछि... ...

रातोपाटी
बर्खास्त एआईजी वंशीराज दाहालले दिए पुनरावेदन निवेदन
Latest NewsJust now

बर्खास्त एआईजी वंशीराज दाहालले दिए पुनरावेदन निवेदन

सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनरावेदन निवेदन दिएका छन् । उनले बर्खास्तीको निर्णय पुनर्विचार गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन दिएका हुन्। गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्को कार्यालय पुगेको उनको निवेदनमाथि अब सरकारले निर्णय गर्नेछ। मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय कायम राखेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ। प्रचलित प्रक्रियाअनुसार मन्त्रिपरिषद्मा पुनरावेदन नगरी तत्काल ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play