Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छ : महामन्त्री पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छ : महामन्त्री पौडेल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताए । महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। महामन्त्री पौडेलले भने “जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ । ” उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ । बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ । उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे । कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो । यस्तै, कांग्रेस काठमाडौँ महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पुरा भएको छ । लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम,... ...

रातोपाटी
६ महिनामै शिशु जन्मिएपछि आमा र बच्चाको हेलिकोप्टरबाट उद्धार
Latest NewsJust now

६ महिनामै शिशु जन्मिएपछि आमा र बच्चाको हेलिकोप्टरबाट उद्धार

छ महिनामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएपछि रुकुम पश्चिमबाट आमा सविनासहित कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि ल्याइएको हो। ...

कान्तिपुर
अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच
Latest NewsJust now

अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच

अमेरिकी वायुसेनाको प्रमुख क्लाउड प्लेटफर्ममा भएको साइबर आक्रमणले यसको सञ्चालनमा अवरोध पुर्‍याएको छ। साथै, संवेदनशील सैन्य सूचना, कर्मचारीसम्बन्धी विवरण र सैन्य सामग्रीको व्यवस्थापनसँग सम्बन्धित तथ्यांकको सुरक्षामाथि चिन्ता बढाएको छ। ...

कान्तिपुर
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
Latest NewsJust now

शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत

महेन्द्रनगर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका छन्। पश्चिम रुकुमको चौरझारीमा आज भएको ६० किलो तौल समूहको खेलमा चन्दले सुदूरपश्चिमका लागि रजत पदक दिलाएका हुन्। कञ्चनपुर शारीरिक सुगठनको जिल्ला अध्यक्षसमेत रहेका चन्दले यसअघि पनि राष्ट्रिय प्रतियोगितामा काश्य पदक प्राप्त गरेका थिए। दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शारीरिक सुगठनमा विभिन्न ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement