काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजी ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैयाँको ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार कम्पनीले २ करोड ८० लाख ३४ हजार ३३३ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर र १४ लाख ७५ हजार ४९१ रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्नेछ। यसरी कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल २ करोड ९५ लाख ९ हजार ८२५ रुपैयाँ ५ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। The post सम्पदा लघुवित्तले प्रस्ताव गर्यो ४.२१ प्रतिशत लाभांश appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
सम्पदा लघुवित्तले प्रस्ताव गर्यो ४.२१ प्रतिशत लाभांश

Read Complete Original Article
Published originally on कर्पोरट खबर





