समाचार कक्षमै प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति काउन्सिलले आपत्ति जनाएको हो । काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर विषय हो । यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको भनाइ छ । समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको रहेको उल्लेख गर्दै काउन्सिलले प्रहरी परिचालन गर्नुको सट्टा स्थापित कानुनी प्रक्रिया अपनाउन सरकार र प्रहरी प्रशासनलाई आग्रह गरेको छ । काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए रिहा गर्न माग गरेको छ । साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आचारसंहिताको पालना गर्न पनि आग्रह गरेको छ । The post समाचार कक्षमै प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन
बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्। बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन्। यही कात्तिक ...

बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक सम्पर्कविहीन
बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा पुगेका दुईजना पर्यटक सम्पर्कविहीन भएका छन् । वर्षासँगै भारी हिमपात भएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कात्तिक ९ […] ...

थाई राजतन्त्रलाई प्रश्न गर्ने वकिललाई ३४ वर्षभन्दा बढी जेल सजाय
बैंकक । थाइल्यान्डको शक्तिशाली राजतन्त्रलाई सार्वजनिक बहस र जवाफदेहिताको दायरामा ल्याउन माग गर्दै ह्यारी पोर्टरको भेषमा प्रदर्शन गरेका मानव अधिकारवादी वकिल अर्नोन नाम्पालाई त्यहाँको अदालतले ३४ वर्षभन्दा बढी जेल सजाय... ...

पच्चीसौँ सत्याग्रहमा रहेका गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै
सत्याग्रहका क्रममा उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको उनको सचिवालयले जनाएको छ । ...


