समाचार कक्षभित्रै प्रवेश गरी पत्रकार सुवेदी र बराल पक्राउ, नयाँ पत्रिकामा मैनालीलाई खोज्दै

काठमाडौं । प्रहरीले दुईवटा सञ्चारगृहमा प्रवेश गरि दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रेस र मोटिभेट न्युजको कार्यालयमा प्रवेश गरि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । त्यस्तै नयाँ पत्रिका दैनिकमा सुरक्षा सम्बन्धी लेख्ने पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोशाकको प्रहरी कार्यालयमा पुगेको छ । नेपाल प्रेसकोको समाचार कक्ष (न्यूजरुम) भित्रै प्रवेश गरेर पत्रकार विश्वमणी सुवेदीलाई र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्दै आएका सुवेदीलाई आइतबार सादा पोशाकमा खटिएका प्रहरी टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको नेपाल प्रेसले जनाएको छ । प्रहरी भ्यानमा आएका तीन जना व्यक्तिहरूले गेटमा रहेका सुरक्षागार्डलाई ‘साथी भेट्न आएको’ भन्दै कार्यालयभित्र प्रवेश गरेको र त्यसपछि समाचार कक्षमै पुगेर उनीहरूले समाचारको विषयमा छलफल गर्नु पर्ने भन्दै सुवेदीलाई सँगै हिँड्न दबाब दिएका दिएका नेपाल प्रेसले जनाएको छ । पक्राउका क्रममा प्रहरीले कुनै पनि पक्राउ पुर्जी नदेखाएको समाचारमा उल्लेख छ । प्रहरी टोलीले आफूहरू अपराध अनुसन्धानबाट आएको र ‘आईजी साब’को आदेश रहेको मात्र बताएका थिए। सुवेदीले छलफलका लागि आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले जबर्जस्ती आफ्नै गाडीमा हालेर लगेको थियो। ‘प्रहरी महानिरीक्षकमाथि राजीनामाको दबाब’ सम्बन्धी समाचारको स्रोत खोज्न साइबर ब्यूरोको आग्रहमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतको दाबी रहेको नेपाल प्रेसले जनाएको छ । The post समाचार कक्षभित्रै प्रवेश गरी पत्रकार सुवेदी र बराल पक्राउ, नयाँ पत्रिकामा मैनालीलाई खोज्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सिर्जनाको साझा मञ्च बन्यो दमक
काठमाडौँ, कात्तिक १५ गते । पूर्वी नेपालको व्यावसायिक सहर दमक पछिल्लो समय साहित्य, कला र संगीतको साझा मञ्चका रूपमा पनि स्थापित हुन थालेको छ । यही सिर्जनात्मक पहिचानलाई थप विस्तार गर... ...
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी
• कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया सुरु गरिएको छ। • यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायलाई सचेत गराउन मद्दत गर्नेछ। • रेडियो कलर जडानको काम वरिष्ठ संरक्षण अधिकृतको सुपरिवेक्षणमा प्राविधिक टोलीले गर्नेछ। ...

१५ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७२,०००, चाँदी रु ३,६५०
सुनको भाउ तोलामा रु २७२,००० र चाँदीको भाउ रु ३,६५० — आजको भाउ सार्वजनिक। ...
_RW4OXpTHiS.jpg)
देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश ठुलो सङ्कटतर्फ उन्मुख भइरहेको सङ्केत गरेको बताएका छन् । आइतबार सामाजिक... ...


