काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २८ वटा समस्याग्रस्त सहकारी संस्थाहरूको जग्गा लिलाम बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ। समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै जग्गा लिलामका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो। समितिका अनुसार लिलाम प्रक्रियामा रहेका २० वटा सहकारी संस्था सिन्धुलीका छन्। यसैगरी गोरखाका ३, सिन्धुपाल्चोकका २, चितवनका २ र ललितपुरको एउटा सहकारीको जग्गा लिलाम प्रक्रिया अघि बढाइएको छ। सरकारले समस्याग्रस्त घोषित सहकारीहरूको चल-अचल सम्पत्ति बिक्री गरी शेयरधनी तथा बचतकर्ताहरूको रकम फिर्ता गर्ने नीति लिएको छ। समितिले ऋण नतिर्ने सदस्य, जमानीकर्ता र सञ्चालकहरूलाई पटक-पटक दायित्व फरफारक गर्न सूचना जारी गरे तापनि अटेर गरेपछि जग्गा लिलामको बाटो रोजिएको जनाएको छ। ऋणीहरूले बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व असुल गर्नका लागि यी सहकारीहरूको नाममा दर्ता कायम रहेका जग्गाहरू लिलाम गर्न लागिएको हो।
समस्याग्रस्त २८ सहकारीको जग्गा लिलाम गर्ने प्रक्रिया सुरु

Read Complete Original Article
Published originally on नेपालन्युज






