Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्ना एआई चिप जडित कम्प्युटर सर्भरलाई मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन रोक लगाएको छ । आफ्ना उत्पादन साझेदारहरूलाई यस्तो रोक लगाउन कम्पनीले निर्देशन दिएको हो । अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा पारेपछि कम्पनीले यस्तो कदम चालेको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा एनभिडियाका अत्याधुनिक चिप निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । गत साता वासिङ्टनले चिप तस्करी रोक्न र दक्षिणपूर्वी एसियाका डाटा सेन्टरबाट कम्प्युटिङ क्षमता भाडामा लिएर प्रतिबन्ध छल्ने चिनियाँ कम्पनीहरूको गतिविधि नियन्त्रण गर्न निर्यात नियम थप कडा बनाएको थियो । एफटीका अनुसार अमेरिकी कम्पनी डेल र सुपरमाइक्रोले डाटा सेन्टरका लागि तयार गर्ने सर्भरमा एनभिडियाका चिप जडान गर्दै आएका छन् । यी कम्पनी पनि नयाँ निर्देशनबाट प्रभावित भएका छन् । सिङ्गापुरको क्लाउड कम्प्युटिङ कम्पनी एओलानीले चिनियाँ कम्पनी बाइटडान्सलाई भाडा सम्झौतामार्फत एनभिडियाका हार्डवेयरमा पहुँच दिने योजना बनाएको थियो । रोक अस्थायी हो वा दीर्घकालीन भन्ने स्पष्ट नभएको अखबारले जनाएको छ । अमेरिकी नयाँ नियमले आवश्यक इजाजतपत्रका लागि आवेदन दिन दिइएको ९० दिनको अवधिमा क्षेत्रीय व्यवसायमा ‘अराजकता’ सिर्जना गरेको एक क्लाउड सेवा प्रदायकका कार्यकारीले एफटीलाई बताएका छन् । यस विषयमा प्रतिक्रिया लिन एएफपीले एनभिडिया, डेल, सुपरमाइक्रो, एओलानी र बाइटडान्सलाई सम्पर्क गरेको छ । एनभिडियाका चिप अमेरिकी निर्यात नियम उल्लङ्घन गर्दै चीन पु¥याइएको आशङ्कामा सिङ्गापुरको मेगास्पिड कम्पनीका पूर्वकार्यकारी एलिस हुआङमाथि अनुसन्धान भइरहेको छ । केही अमेरिकी अधिकारीले उनीमाथि बेइजिङका लागि जासुसी गरेको आशङ्का गरेका छन् । एलिस र एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङबीच कुनै पारिवारिक सम्बन्ध नरहेको बताइएको छ । अमेरिका र चीनका प्रविधि कम्पनीको ठूलो लगानीले दक्षिणपूर्वी एसियामा डाटा सेन्टर निर्माण तीव्र बनाएको छ । केपीएमजीका अनुसार सन् २०३० सम्ममा यस क्षेत्रको डाटा सेन्टर क्षमता सन् २०२५ को तुलनामा तीन गुणा र एआईको प्रयोग दस गुणाले बढ्ने अनुमान छ । रासस/एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
Latest NewsJust now

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरू गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० ...

कर्पोरट खबर
सरकारले भोटेकोशी बाढी पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिने
Latest NewsJust now

सरकारले भोटेकोशी बाढी पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिने

सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका ...

हाम्राकुरा
४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक
Latest NewsJust now

४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६१ दिनको लागि ४० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो । यसको सावाँब्याज राष्ट्र बैंकले २०८३ माघ ११ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा ...

टक्सार
अस्कर मनोनित इरानी पटकथाकार महमुदियान तेहरानबाट गिरफ्तार
Latest NewsJust now

अस्कर मनोनित इरानी पटकथाकार महमुदियान तेहरानबाट गिरफ्तार

इरानी फिल्म ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ का पटकथाकार समेत रहेका उनको व्यक्तिगत टेलिग्राम च्यानलमा बिहीबार पोस्ट गरिएको सन्देश अनुसार उनीमाथि सरकार विरोधी प्रचार–प्रसार गरेको र झुटा सूचना फैलाएको आरोप लगाइएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement