Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयर पूँजी १ प्रतिशतमा झारियो !

Share:WhatsAppFacebookX (Twitter)Telegram
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयर पूँजी १ प्रतिशतमा झारियो !
Photo / Coverage: अर्थ सरोकार

काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयर पूँजी घटाएर १ प्रतिशतमा झारिएको छ । बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन गर्दा दायित्व नखाम्ने अवस्था देखिएको र अवैधानिक रुपमा पूँजी चुक्ता गरेको पाइएपछि राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले ३५ जना सेयर धनीको सेयर पूँजी १ प्रतिशतमा झारेको हो । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ को दफा ८६ (ङ) को उपदफा (१) को खण्ड (च) र (ज) तथा दफा ८६ (ज) अनुसार सेयर स्वामित्व घटाएर १ प्रतिशतमा सीमित गरिएको व्यवस्थापन समूहले जनाएको छ । व्यवस्थापन समूहको सेयर पूँजी घटाउने निर्णय कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेखीकरण गर्नुपूर्व उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास)मा मंसिर ९ गते सुनुवाइ हुनेछ । सो निर्णयप्रति कसैको दाबी-विरोध भए प्रमाणसहित तोकिएको मिति र समयमा अदालतमा उपस्थित हुन व्यवस्थापन समूहले सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अर्थ सरोकार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण
Latest NewsJust now

युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण

अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ ...

कान्तिपुर
साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार
Latest NewsJust now

साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार घटेको छ । बजार घटे पनि सात अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.६५ अंकले घटेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५७.५० अंकमा झरेको छ । बजार घटेसँगै आज सबै समूह राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा बढी १.८८ प्रतिशतले ...

कर्पोरट खबर
सेयर बजारमा उच्च गिरावट, कारोबारमा भने उत्साह कायमै
Latest NewsJust now

सेयर बजारमा उच्च गिरावट, कारोबारमा भने उत्साह कायमै

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पुनः गिरावट आएको छ। गत साता करिब ५८ अङ्कले बढेको बजार साताको सुरुवाती दिनमै घटेको हो । सोमबार नेप्से परिसूचक ३२.६५ अङ्क अर्थात् १.२१ प्रतिशतले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play