झापा। झापाको कनकाई नदीमाथि निर्माण गरिएको कनकाई पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भई सञ्चालनमा आएको छ। शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकालाई जोड्ने उक्त पुल निर्माण सम्पन्न भएसँगै स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ। पुल निर्माणका लागि २०७९ पुस ११ गते ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८३ असोज १० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो। तर निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गरी पुल पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो। पुल सञ्चालनमा आएसँगै शिवसताक्षी र झापा गाउँपालिकाबीचको आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दा, यात्रु तथा व्यवसायीलाई समेत राहत पुगेको छ। समयअगावै पुल निर्माण सम्पन्न हुनु पूर्वाधार विकासमा समयमै काम गर्ने संस्कृतिको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ। निर्धारित समयभन्दा अगावै विकास निर्माणका आयोजना सम्पन्न हुँदा राज्यको लगानीको प्रभावकारी उपयोग हुनुका साथै नागरिकले पनि समयमै सेवा र सुविधा पाउने अपेक्षा गरिएको छ।
समयअगावै सम्पन्न भयो कनकाई पुल निर्माण

Read Complete Original Article
Published originally on नेपालन्युज






