Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको भेट
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधिसभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेका छन् । सभामुख अर्यालको सचिवालयका अनुसार सो भेटका क्रममा सभामुख अर्यालले नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्व प्रदान गर्ने बताए । उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । सभामुख अर्यालले नेपालको सङ्घीय संसद्मा डिजिटल संसद्को अभ्यास सुरु गरिएको जानकारी गराउँदै सूचना प्रविधि, नवीन विधायिकी अभ्यास र संसदीय अनुभव आदानप्रदानमा फ्रान्ससँग सहकार्य गर्न सकिने बताए । साथै, दुई देशबीचको संसदीय सम्बन्ध सुदृढ गर्न आठ सदस्यीय नेपाल–फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिए । बाढीपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले व्यक्त गरेको समवेदना, फ्रान्सेली नागरिकको खोजी तथा उद्धारमा उपलब्ध गराइएको कन्सुलर सहयोग र युरोपेली सङ्घमार्फत प्रदान गरिएको पाँच टन मानवीय सहायताप्रति उनले आभार व्यक्त गरे । अध्यक्ष पिरोनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने, संसदीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहयोगका सम्भावना अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । The post सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको भेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ
Latest NewsJust now

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

गाउँसभाको माइन्युटमा गाउँसभा सदस्यहरूको हस्ताक्षर कीर्ते गरेको आरोपमा अध्यक्ष राम सिंहासन रायविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ । ...

कान्तिपुर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा
Latest NewsJust now

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनका... ...

सिंहदरबार न्युज
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान
Latest NewsJust now

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तरराष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो । उपकुलपतिबाट नियुक्त हुने स्वयंसेवी तथा मानार्थ पदको कार्यकाल सुरुमा २ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play