Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सभामुख अर्यालद्वारा छठपर्वको अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न छठघाटहरूको अवलोकन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभामुख अर्यालद्वारा छठपर्वको अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न छठघाटहरूको अवलोकन
Photo / Coverage: कर्पोरट खबर

पर्सा । सभामुख डोलप्रसाद (डीपी) अर्यालले छठपर्वको अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न छठघाटहरूको भ्रमण, अवलोकन तथा दर्शन गरेका छन् । यस क्रममा सभामुख अर्यालले पर्साको वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरी, नगवा पोखरीलगायतका छठघाट तथा बाराका विभिन्न स्थानमा रहेका छठघाटहरू पुगेर छठी माताको पूजा–आराधना तथा धार्मिक अनुष्ठानमा सहभागी भए । बाराको इटियाही, परवानीपुर र जितपुरस्थित रातो पुल छठघाटमा समेत पुग्नुभएका सभामुख अर्याल मुरलीस्थित छठघाटमा आयोजित छठीमाईको महाआरतीमा सहभागी भए । छठपर्वले प्रकृति, जलाशय, सूर्य र मानव जीवनबीचको सम्बन्धलाई उजागर गर्नुका साथै सामाजिक सद्भाव, एकता, सहिष्णुता र पारिवारिक आत्मीयतालाई थप मजबुत बनाउने विश्वास सभामुख अर्यालले व्यक्त गरे । मधेसको मौलिक संस्कृति र पहिचानसँग जोडिएको छठपर्वले हिमाल, पहाड र तराईबीचको सांस्कृतिक सम्बन्धलाई समेत प्रगाढ बनाउने उनको धारणा थियो। यसै अवसरमा बारामा आयोजित छठपर्व विशेष शुभकामना कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले नेपालको विविधतायुक्त धर्म, संस्कृति र सामाजिक सद्भाव विश्वकै लागि उदाहरणीय रहेको बताए । उनले मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासको पर्याप्त सम्भावना हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरे । विकासका लागि जनप्रतिनिधिलाई जिम्मेवार बनाउँदै स्थानीय समस्या पहिचान गरी संवाद, छलफल र सहकार्यमार्फत समाधान खोज्न नागरिकलाई आग्रह गर्नुभयो। आन्दोलनभन्दा सहकार्य, कानुनी शासन, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । त्यसैगरी, पर्साका उद्योगी तथा व्यवसायीहरूसँगको भेटघाटमा व्यवसायीहरूले उधारो कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन छुट्टै कानुन निर्माण गर्नुपर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को प्रभावकारी व्यवस्थापन गर्नुपर्ने तथा लगानी र व्यवसायलाई प्रोत्साहन गर्ने दीर्घकालीन १५ वर्षे आर्थिक नीति अवलम्बन गर्नुपर्ने लगायतका विषय उठाएका थिए। उनीहरूले उद्योग तथा व्यापार क्षेत्रका विद्यमान समस्या, चुनौती र समाधानका उपायबारे सभामुख अर्यालको ध्यानाकर्षण गराएका थिए। The post सभामुख अर्यालद्वारा छठपर्वको अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न छठघाटहरूको अवलोकन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
Latest NewsJust now

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

ललितपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएका छन् । उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतिर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् । राजतीर्थमा छठ पूजामा सहभागी हुन आउनुभएका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई छठ पूजा ...

नेपालन्युज
गेस्ट हाउसमा एक व्यक्ति मृत फेला
Latest NewsJust now

गेस्ट हाउसमा एक व्यक्ति मृत फेला

रुकुमपश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक गेस्ट हाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेलापरेका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–३ माछिमी निवासी अन्दाजी ३९ वर्षीय राजेन्द्र केसी रहेको... ...

रातोपाटी
वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ
Latest NewsJust now

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडी दुई पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीकाअनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर ...

नेपालन्युज
पोखराको कीर्तिमानी जित, सुदूरपश्चिम क्वालिफायरमा र काठमाण्डु-चितवन एलिमिनेटरमा भिड्ने
Latest NewsJust now

पोखराको कीर्तिमानी जित, सुदूरपश्चिम क्वालिफायरमा र काठमाण्डु-चितवन एलिमिनेटरमा भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार लिग चरणका अन्तिम दुई खेल सम्पन्न भएका छन् । आइतबारका खेलसँगै प्लेअफको समीकरण पनि पूरा भएको छ । पोखरा एभेन्जर्सले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play