Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडक सञ्जाल विस्तार भएपछि चाररातेमा पर्यटकको आगमन बढ्दै
Photo / Coverage: नेपालन्युज

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका(४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । पूर्वाधार विकास र सहज सडक सञ्जाल विस्तार भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । विभिन्न कारणले प्रचार बढ्दै गएको चारराते क्षेत्रमा नेपाल र भारतबाट दैनिक ५०० जनासम्म पर्यटक यहाँ पुग्न थालेका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईले जानकारी दिए । उनका अनुसार नेपाल(भारत सीमावर्ती क्षेत्रमा पर्ने चाररातेबाट हिमशृङ्खलाको दृश्यावलोकन, चौँरी तथा भेँडीगोठमा रमाउने अवसर, उच्च पहाडी क्षेत्रको अनुभव सङ्गाल्न पाइन्छ । मनोरम प्राकृतिक वातावरणमा रमाउन सकिने भएकाले चाररातेमा अहिले सयौँको सङ्ख्यामा पर्यटक आइरहेका अध्यक्ष राईले बताए । उनका अनुसार अहिले फालेलुङको बाटो सहज भएकाले पनि दैनिक ३०० देखि ५०० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुगिरहेका छन । यहाँ पर्यटक पुग्नुको अर्को कारण सूर्यास्त र हिमश्रृङ्खलाको आकर्षक दृश्यावलोकन पनि हो । “पूर्वमा धेरै ठाउँबाट सूर्योदय राम्रोसँग देख्न सकिन्छ”, पर्यटन व्यवसायीसमेत रहेका राईले भने, “तर, यहाँबाट सूर्योदयसँगै सूर्यास्त पनि स्पष्टसँग देख्न सकिने भएकाले पर्यटक आकर्षित भइरहेका छन् ।” उनका अनुसार नेपाल, सिक्किम (भारत) र भुटानका हिमालको दृश्यावलोकनका लागिसमेत चारराते क्षेत्र उपयुक्त मानिएको छ । नयाँ वर्षका दिन आयोजना हुने चौँरी महोत्सव, यहाँ छायाङ्कन भएको ‘उनको स्वीटर’ चलचित्र, सामाचार सामग्री तथा युट्युब, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालबाट भएको डिजिटल प्रचारका कारण पर्यटक आकर्षित भइरहेका घरबास सञ्चालक डिल्लीहाङ केरुङले बताए । अहिले चाररातेसहित यहाँ रहेको नेपालको झण्डा आकारको झण्डा पोखरी, जलजले पोखरी, भैँसे पोखरी पनि पर्यटकको आकर्षण बनिरहेका छन् । समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित चाररातेमा पाँचथरको फिदिमबाट प्राङबुङ हुँदै पर्यटक पुग्न सक्छन् भने इलामको सन्दकपुरबाट पनि यहाँ पुग्न सकिन्छ । नेपालतर्फबाट यस वर्ष अत्यधिक मात्रामा पर्यटक आएपछि स्थानीयवासी आर्थिक गतिविधि चलायमान हुने भन्दै उत्साहित भएका छन् । घरबास सञ्चालक केरुङका अनुसार यहाँबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल स्पष्टसँग देख्न सकिन्छ । “ती दृश्य मोबाइल र क्यामेरामा नजिकैजस्तो गरी खिच्न सकिने हुँदा धेरै पर्यटक आकर्षित भइरहेका छन् । यस पटक बडादसैँ र तिहारको बिदा लामो भएकाले पनि फुर्सदको समयमा धेरै पर्यटक यहाँ पुगेका हुन्”, उनले भने । सहज सडक पूर्वाधार विस्तार भएकाले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनबाट यहाँ पुग्न सकिने भएपछि पर्यटकको आगमन बढ्न थालेको केरुङको भनाइ छ । उनका अनुसार कात्तिक र मङ्सिर यस क्षेत्रको भ्रमणका लागि उपयुक्त यान मानिन्छ । विगत केही वर्षदेखि भारतको विभिन्न क्षेत्रका पर्यटकसमेत नेपालको बाटो हुँदै यहाँ पुग्न थालेपछि पर्यटनमा आधारित अर्थतन्त्र फस्टाउने र स्वरोजगारका अवसर सिर्जना हुने आशा पलाएको स्थानीय बताउँछन् । “अहिले भारतको बाटो हुँदै धेरै पर्यटक आइरहेका छन् । तीमध्ये आधालाई मात्रै नेपालतर्फबाट लैजान सकियो भने जिल्ला सदरमुकामसहितका बजारमा पनि पर्यटनमा आधारित अर्थतन्त्र फस्टाउन सक्छ”, पर्यटन व्यवसायी राईले भने, “यसका लागि थप पूर्वाधार विकासमा जोड दिनुपर्छ ।” अहिले पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा व्यवस्थापनमा भने कठिनाइ हुने गरेको घरबास सञ्चालकको भनाइ छ । सीमित घरबास र गोठबासमा पर्यटकलाई राख्नुपर्ने, खानेपानी र विद्युत् नियमित नहुने तथा वर्षा हुनासाथ सडक जोखिमपूर्ण हुने समस्याका कारण उचित व्यवस्थापनमा कठिनाइ भइरहेको घरबास सञ्चालक केरुङले बताए । “अहिले आएका पर्यटकलाई राम्रो सुविधा दिन नसक्दा गलत सन्देश जाने जोखिम पनि उत्तिकै छ”, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष राईले भने, “यस क्षेत्रमा दीर्घकालीन रूपमा कसरी पर्यटक भित्र्याउने, स्वरोजगारका अवसर सिर्जना गर्ने र पर्यटन प्रवर्द्धनका योजना बनाउने भन्ने हाम्रो चिन्ता हो ।” सवारीसाधनको चाप बढ्नुका साथै फोहरमैला व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको उनको भनाइ छ । हालै मात्र यस क्षेत्रमा ‘कलेजी उनको स्वीटर-२’ नामको नयाँ चलचित्रको छायाङ्कन भएको थियो । उक्त छायाङ्कनका लागि विपीन कार्की, मिरुना मगरलगायत कलाकार यहाँ आएपछि पर्यटक झनै आकर्षित भएका छन् । यहाँ फुलेका बुकीलगायत फूलहरू, ठूला र फराकिला पाटनहरूमा पर्यटक रमाइरहेका पाउन सकिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ताज होटलमै हुन्छ प्रधानमन्त्री बालेन र विदेशमन्त्री जयशंकरबीच वार्ता
Latest NewsJust now

ताज होटलमै हुन्छ प्रधानमन्त्री बालेन र विदेशमन्त्री जयशंकरबीच वार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगिसकेका छन् । आइतबार उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य, उद्योग तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसादले स्वागत... ...

रातोपाटी
प्रधानमन्त्री बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने प्रवक्ता खरेलको विश्वास [भिडियो]
Latest NewsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने प्रवक्ता खरेलको विश्वास [भिडियो]

प्रधानमन्त्री वालेन्द्र साह बालेनको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् । ...

हाम्राकुरा
विदेशी दबाब र प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष बनाइयो : लिङ्देन
Latest NewsJust now

विदेशी दबाब र प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष बनाइयो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाएका छन् । आइतबार नेपाल सनातन... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा

सुदूरपश्चिम – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आईतबारदेखि सुरु भएको भारतको राजकीय भ्रमणमा ‘हवाई कनेक्टिभिटी’ विस्तारका विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पनि पुन: चर्चामा आएको छ । भारतसँग यस विषयमा सहमति जुटे पश्चिम नेपालको हवाई सम्पर्क सहज हुने र त्यसबाट सुदूरपश्चिमले भविष्यमा लाभ लिनसक्ने अपेक्षा गरिएको छ । नेपालले भैरहवास्थित गौतम बुद्ध […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement