Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
Photo / Coverage: पर्दाफास

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ । कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या देखिएपछि नगरपालिकाले उद्धार गरी होस्टेलमा राखेर स्याहारसुसार गर्न थालेको हो । नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत अध्ययनका लागि आउन थालेका छन् । बागलुङ बजारमा सडकका कुकुरबाट समस्या बढेपछि नगरपालिकाले दीर्घकालीन व्यवस्थापनको योजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरपालिकाले पहिलो चरणमा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरी ३० वटा कुकुर राखेर व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले लामो समयदेखि सडकमा छाडिएका कुकुर संकलन गर्ने अभियान सञ्चालन गर्दै बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा होस्टेल निर्माण गरेको हो । जग्गामा तारबारसहितको संरचना बनाउन रु एक करोड खर्च भएको नगरपालिकाको पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए। नवप्रवर्तन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा होस्टेल निर्माण गरेको हो । यसका लागि नगरपालिकाले ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख खर्च गरेका छन् । होस्टेलमा कुकुरका लागि आवास, खानपान र खुला क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ । सामुदायिक कुकुरको व्यवस्थित संरक्षणका लागि नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा होस्टेल निर्माण गर्ने लक्ष्य समावेश गरेको थियो । सडकमा छाडिएका कुकुरलाई होस्टेलमा राखेर खानपान र स्याहारको व्यवस्था गर्न थालेपछि बागलुङ बजारको समस्या क्रमशः घट्दै गएको पशु शाखा प्रमुख सापकोटाले बताए। उनका अनुसार कुकुरको टोकाइबाट हुने जोखिम कम गर्न बजारका करिब एक हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । मानिस र कुकुर दुवैको सुरक्षालाई ध्यानमा राखेर होस्टेल सञ्चालन गरिएको उनले बताए। सडकमा छाडिएका कुकुरले यात्रुलाई टोक्ने तथा सवारी दुर्घटनाको जोखिम बढाउने गरेकाले समस्या समाधानका लागि होस्टेल निर्माण गरिएको हो । होस्टेलमा रहेका कुकुरको हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु शाखाले नियमित प्राविधिक उपचारको व्यवस्था मिलाएको छ । सडकमा छाडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताए। नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले सडकका कुकुरलाई खोप लगाउने, उद्धार गर्ने र होस्टेलमा पुर्‍याउने काम गरिरहेको छ । पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको लक्ष्य छ । होस्टेलमा कुकुरको मेनु : बिहान दूधभात, बेलुका ‘चिकनभात’ होस्टेलमा रहेका कुकुरलाई नियमित खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । बिहान दूधभात र बेलुका ‘चिकनभात’ खुवाउने गरिएको नगरपालिकाले जनाएको छ । कुकुरलाई आवश्यकताअनुसार पोषणयुक्त खाना खुवाउनुका साथै पशु शाखाबाट नियमित स्वास्थ्य परीक्षण तथा प्राविधिक उपचारसमेत भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
OthersJust now

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी सुनवर्षी नगरपालिका-६ पटिया पाडा बस्ने सुरेश मगरातीको भान्सा घरमा बिहीबार साँझ आगलागी भएको… ...

अनलाइन खबर
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
OthersJust now

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

२७ कात्तिक, काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका… ...

अनलाइन खबर
लभमाथि खनिए दर्शक : स्काउटसँगको विवादलाई भने, ‘अटेन्सनका लागि नाटक’
OthersJust now

लभमाथि खनिए दर्शक : स्काउटसँगको विवादलाई भने, ‘अटेन्सनका लागि नाटक’

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा पछिल्लो समय विवाद र झगडाको शृङ्खला चलिरहेको छ । गेमिङ क्रिएटर स्काउट ओपी र यङबीचको झगडाले चर्चा पाइरहेका बेला अभिनेत्री लभ गिल पनि स्काउटसँगको विवादका कारण चर्चामा आएकी छन् । पछिल्लो एपिसोडमा स्काउट र लवबीच भनाभन भएको थियो । कुराकानीकै क्रममा लभले आफूले केही गर्दा आफ्नो चरित्रमाथि प्रश्न… ...

अनलाइन खबर
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला
OthersJust now

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङको केराबारी गाउँपालिका-२ फाइवा बस्ने ३१ वर्षीया पार्वती लिम्बु सोही ठाउँस्थित बारीमा बिहीबार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play