Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन
Photo / Coverage: टेक्नोलोजी खबर

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार नेटवर्क विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन्। योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी) विकासलाई उपयुक्त समयमा अगाडि बढाउनेछ। साथै, सन् २०३० सम्ममा लो अर्थ अर्बिट (एलईओ) भू–उपग्रहमा आधारित इन्टरनेट प्रणालीको निर्माण मूलतः सम्पन्न गर्ने लक्ष्य राखिएको छ। चीनले औद्योगिक इन्टरनेट र इन्टरनेट अफ भेहिकल्स (सवारीसाधनमा आधारित इन्टरनेट) जस्ता एकीकृत सञ्चार सञ्जालको पनि व्यापक विस्तार गर्ने योजना बनाएको छ। नयाँ योजनाले सञ्चार प्रविधिको स्मार्ट विकासलाई तीव्रता दिनुका साथै नेटवर्कको कार्यक्षमता र पहुँचमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ। त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित औद्योगिक पारिस्थितिक प्रणालीलाई थप बलियो बनाउने लक्ष्य पनि योजनामा समेटिएको छ। ६जी प्रविधि, भू–उपग्रह इन्टरनेट र औद्योगिक सञ्चार सञ्जालको विकासमार्फत चीनले आगामी पुस्ताको डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउने रणनीति अघि सारेको छ।–रासस The post सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग सानिमा बैंकबाट लिन सकिने
TechnologyJust now

नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग सानिमा बैंकबाट लिन सकिने

नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिने भएको छ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ। सवारी साधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित ट्यागबाट ...

टेक्नोलोजी खबर
कार कम्पनीहरूले भारतीय बजारमा डिसेम्बर १ देखि मूल्य बढाउने तयारी
TechnologyJust now

कार कम्पनीहरूले भारतीय बजारमा डिसेम्बर १ देखि मूल्य बढाउने तयारी

छिमेकी देश भारतका अटो कम्पनीहरुले अर्को महिनादेखि आफ्ना सवारी साधनहरूको मूल्य बढाउने भएका छन्। टाटा मोटर्स, हुन्डाई र आउडी जस्ता अटोमोबाइल निर्माताहरूले उत्पादन लागत बढेको कारण देखाउँदै आफ्ना कारहरूको मूल्य बढाउने योजना बनाएका छन्। डिसेम्बर १ देखि, टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले भारतीय बजारमा आफ्ना कारहरूको मूल्य औसतमा ०.५ प्रतिशतले बढाउने भएको छ। यो मूल्य वृद्धि इन्टरनल कम्बसन इन्जिन भएका सवारी साधनदेखि ...

टेक्नोलोजी खबर
अन्तरिक्षमा डाटा सेन्टर राख्न स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति
TechnologyJust now

अन्तरिक्षमा डाटा सेन्टर राख्न स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने उद्देश्यले १० लाख स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ। अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) ले दिएको अनुमतिअनुसार कम्पनीको स्टारमाइन्ड सञ्जालले पृथ्वीमा प्रयोगका लागि ठूलो परिमाणमा डाटा प्रशोधन गर्नेछ। अनुमति सन् २०४० सम्म कायम रहनेछ। स्पेसएक्सले सन् २०२७ को अन्त्यतिर पहिलो स्याटेलाइट प्रक्षेपण गरी सन् २०२८ देखि विस्तार ...

टेक्नोलोजी खबर
एनभिडियाले रोक्यो दक्षिणपूर्वी एसियाका चार देशमा सर्भर आपूर्ति
TechnologyJust now

एनभिडियाले रोक्यो दक्षिणपूर्वी एसियाका चार देशमा सर्भर आपूर्ति

एनभिडियाले आफ्ना चिप जडित सर्भर मलेसिया, सिंगापुर, थाइल्यान्ड र इन्डोनेसियामा नपठाउन उत्पादन साझेदारहरूलाई निर्देशन दिएको फाइनान्सियल टाइम्सले बिहीबार जनाएको छ। अमेरिकाले गत साता लागू गरेको नयाँ प्रतिबन्धपछि एनभिडियाले यस्तो कदम चालेको हो। नयाँ नियमअनुसार दक्षिणपूर्वी एसियाका केही देशमा अत्याधुनिक चिप पठाउन निर्यात अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। चिनियाँ कम्पनीहरूले अत्याधुनिक कृत्रिम बुद्धिमतासम्बन्धी चिप प्राप्त गर्न प्रयोग गरिरहेको ठानिएका आपूर्ति मार्ग बन्द ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement