Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Photo / Coverage: नेपालन्युज

प्राग।सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन्। प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन्। सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको पूर्व सन्ध्यामा लेटना पार्कमा आयोजित प्रदर्शनमा सहभागीहरूले योजना फिर्ता लिन माग गरे। आयोजक मिकुलास मिनारले यसलाई आन्दोलनको सुरुआत मात्र भएको बताए। सरकारले नागरिक तथा व्यवसायबाट उठाइँदै आएको नियमित शुल्कको सट्टा सार्वजनिक सञ्चारमाध्यमलाई राज्यको बजेटबाट रकम दिने प्रस्ताव गरेको छ। तर, यसबाट उनीहरूको बजेट करिब १५ प्रतिशत घट्ने र कर्मचारी कटौती तथा कार्यक्रम बन्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। आलोचकहरूले यसले सरकारको सञ्चारमाध्यममाथिको नियन्त्रण बढाउने बताएका छन्। विधेयक संसदबाट अघि बढाउने क्रममा विपक्षीको बोल्ने समय सीमित गरी बिहान ४ः३६ बजे मतदान गराइएको घटनाले पनि विरोध चर्काएको छ। सार्वजनिक सञ्चारमाध्यमका कर्मचारीले हडताल गर्नुका साथै श्रमिक संगठन, विश्वविद्यालय, विद्यार्थी, कलाकार र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम संस्थाले आन्दोलनलाई समर्थन गरेका छन्। युरोपेली संसदमा समेत यस विषयमा छलफल भएको थियो। प्रधानमन्त्री बाबिसले भने योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गर्दै त्यसलाई अघि बढाउने बताएका छन्। प्रदर्शनकारीले सरकारको रक्षा नीतिको पनि विरोध गर्दै रुस समर्थक दलका नेता तथा सभामुख टोमियो ओकामुरा र रक्षामन्त्री जारोमिर जुनाको राजीनामा माग गरेका छन्। आयोजक मिनारले रुस समर्थक दलका कारण देशको रक्षा क्षमता कमजोर हुन सक्ने चिन्ता व्यक्त गरे। –रासस/ एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
झापा इनर्जीको खुद नाफा २१.९८ प्रतिशतले बढ्यो, इपिएस ५.८६ रुपैयाँ
Latest NewsJust now

झापा इनर्जीको खुद नाफा २१.९८ प्रतिशतले बढ्यो, इपिएस ५.८६ रुपैयाँ

काठमाडौँ । झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.९८ प्रतिशतले वृद्धि भई रु. ५५ लाख ६९ हजार ५०१ पुगेको छ । गत वर्षको पहिलो त्रैमासिकमा कम्पनीले रु. ४५ लाख ६५ हजार ७५४ खुद नाफा आर्जन ...

टक्सार
मेक्सिकोका कुख्यात लागुऔषध तस्कर फेलिक्स गालार्डोको ८० वर्षको उमेरमा निधन
Latest NewsJust now

मेक्सिकोका कुख्यात लागुऔषध तस्कर फेलिक्स गालार्डोको ८० वर्षको उमेरमा निधन

काठमाडौँ । मेक्सिकोका कुख्यात लागुऔषध तस्कर मिगुएल एन्जेल फेलिक्स गालार्डोको ८० वर्षको उमेरमा निधन भएको छ । सन् १९८० को दशकमा मेक्सिकोको शक्तिशाली लागुऔषध तस्करी सञ्जाल ग्वादालाहारा कार्टेलको नेतृत्व गरेका... ...

रातोपाटी
ईनम र महेश श्रेष्ठको ‘कनेक्सन’ के हो?
Latest NewsJust now

ईनम र महेश श्रेष्ठको ‘कनेक्सन’ के हो?

काठमाडौँ । ईनम सापकोटासँग ‘कनेक्सन’ देखिएपछि भोजपुर घर भई हाल कीर्तिपुर बस्दै आएका महेश श्रेष्ठ पक्राउ परेका छन्। कात्तिक २८ मा कीर्तिपुरको पाँगास्थित ‘कीर्तिपुर सिनेप्लेक्स’मा फिल्म हेरेर निस्कने क्रममा जिल्ला... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play