सञ्चारमाध्यमका कार्यालयमा पुग्याे प्रहरी, पत्रकारलाई पक्राउ गर्ने प्रयास

काठमाडौं । प्रहरीले सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने तथा खोजी गर्ने क्रम बढाएको छ । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई कार्यालयबाटै पक्राउ गरेको प्रहरीले अन्य सञ्चारमाध्यमका कार्यालयमा समेत पुगेर पत्रकारको खोजी गरेको छ । आज नेपाल प्रेसको कार्यालयबाट पत्रकार सुवेदीलाई पक्राउ गरेको प्रहरी नयाँ पत्रिका र दियो पोस्ट अनलाइनको कार्यालयमा पनि पुगेको हो । नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोसाकमा प्रहरी पुगेको थियो । प्रहरीले पक्राउ पुर्जीबिनै मैनालीलाई नियन्त्रणमा लिन खोजेको त्यहाँ कार्यरत एक पत्रकारले जानकारी दिनुभएको छ । प्रहरी टोली अझै नयाँ पत्रिकाको कार्यालयमै रहेको बताइएको छ । त्यस्तै, दियो पोस्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको थियो । दियो पोस्टका सम्पादक सुदीप विश्वकर्मालाई खोज्दै गएको प्रहरी उहाँलाई नभेटेपछि फर्किएको त्यहाँ कार्यरत पत्रकारले बताएका छन् । यसैबीच, नेपाल प्रेसको प्रकाशन संस्था नेपाल ई–प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मातृका पौडेललाई पनि साइबर ब्यूरोमा उपस्थित हुन भनिएको छ । प्रहरीले फोन गरेर बोलाएपछि उहाँहरू ब्यूरो पुग्नुभएको हो । नेपाल प्रेसको कार्यालयमै प्रवेश गरेर पत्रकार सुवेदीलाई पक्राउ गरेलगत्तै प्रहरीले अध्यक्ष लम्साल र प्रधानसम्पादक पौडेललाई समेत ब्यूरोमा बोलाएको हो । सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने र खोजी गर्ने प्रहरीको पछिल्लो गतिविधिले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...
झापा । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकस् शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ । नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी ... ...

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’
कास्की । पोखराको दोस्रो ठुलो बेगनास तालको किनारमा शुक्रबारदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग... ...

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव
बाँके । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ । खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन... ...

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना
बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्ग्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक... ...


