सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउप्रति पत्रकार नेताहरूको आक्रोश

काठमाडौं । सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई वर्तमान सरकारको असंवैधानिक कदम भन्दै पत्रकार नेताहरूले आपत्ति जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरूले प्रेसमाथिको हस्तक्षेपले सरकारको कार्यशैलीमा शाहीकालीन झल्को दिएको टिप्पणी गर्दै यस्तो गतिविधिले सरकारलाई पतनको बाटोतर्फ लैजाने चेतावनी दिएका छन्। नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि सीधा हस्तक्षेप गरेर लोकतन्त्रको घाँटी निमोठ्न खोजेको आरोप लगाउनुभयो। ‘बालेन सरकार आउनेबित्तिकै विज्ञापन रोकेर आर्थिक नाकाबन्दी गर्यो। त्यसपछि लगातार पत्रकार पक्राउ गर्ने कार्य जारी भयो। अहिले आएर शाहीकाललाई माथ खुवाउने अभ्यास गरिएको छ,’ उहाँले भन्नुभयो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले आफ्ना गलत कदम ढाकछोप गर्न सञ्चारजगत्माथि प्रहार गरेको आरोप लगाउनुभयो। कानुनी राज्यमा कसैको सनकका आधारमा शासन सञ्चालन हुन नसक्ने उल्लेख गर्दै उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो। ‘कानुनी राज्य कसैको सनकले चल्दैन। बालेनजी सनकी तानाशाह बन्न खोजेको हो भने यो देशमा संविधान छ, कानुन छ। तपाईंको भारदारी प्रथा चल्दैन,’ त्रिपाठीले भन्नुभयो। पत्रकारलाई गैरकानुनी रूपमा पक्राउ गरेर समाचार स्रोतबारे सोधपुछ गर्नु आपराधिक चरित्र भएको दाबी गर्दै उहाँले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको अक्सिजन र जनताको मुटुको संज्ञा दिनुभयो। ‘के संवैधानिक व्यवस्था निलम्बित भएको हो र ?’ उहाँले प्रश्न गर्नुभयो। प्रेस सेन्टर नेपालका उपमहासचिव बुद्ध लोप्चनले लोकतन्त्रको मुख्य रक्षक मानिने मिडिया जगत्लाई आतंकित बनाउने कार्य भर्त्सनायोग्य रहेको बताउनुभयो। पत्रकारलाई नियन्त्रणमा लिने घटनाले सरकार कुन दिशातर्फ अघि बढिरहेको छ र के गर्न खोजिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उहाँको भनाइ थियो। मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बरालले आफूलाई आफ्नै कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको र समाचार स्रोतबारे सोधपुछ गरेको बताउनुभयो। त्यस्तै, डिएनए खबरका सम्पादक धिरज बस्नेतले आफूलाई ईसेवा स्क्यामसम्बन्धी विषयमा जानकारी लिनुपर्ने भन्दै झुक्याएर अपराध महाशाखा लगिएको बताउनुभयो।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...


