Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सगरमाथा क्षेत्रमा अवतरण गर्न लागेका दुई हेलिकप्टर ठोक्किँदा 'एक विदेशीको मृत्यु'

Share:WhatsAppFacebookX (Twitter)Telegram
सगरमाथा क्षेत्रमा अवतरण गर्न लागेका दुई हेलिकप्टर ठोक्किँदा 'एक विदेशीको मृत्यु'
Photo / Coverage: बीबीसी नेपाली

BBC सगरमाथा आधारशिविरनजिकै रहेको फेरिचे गाउँमा अवतरण गर्न लागेका दुइटा हेलिकप्टरहरू ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताएका छन्।सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले समेत उक्त घटनामा एक विदेशी यात्रुको मृत्यु भएको पुष्टि गरे। तर उनको राष्ट्रियता खुल्न भने बाँकी छ। "अर्का एक घाइतेलाई हेलिकप्टरबाट लुक्ला ल्याइपुर्‍याइएको छ," थापाले भने।प्राधिकरणका अनुसार बिहान ८ः१५ बजेतिर उक्त दुर्घटना भएको थियो।"लुक्लाबाट जाँदै गरेको र आधारशिविर नजिकैको गोरक्सेपबाट फर्कँदै गरेका हेलिकप्टरहरू एकैठाउँ अवतरण गर्न खोज्दा दुर्घटना भएको देखिन्छ," भुलले भने।दुर्घटनाको स्पष्ट कारण खुलिसकेको छैन।"त्यहाँ अन्य हेलिप्याड पनि भए पनि सायद हिउँले पुरिएका कारण एउटामै अवतरण गर्न खोजे कि भन्ने जस्तो देखिएको छ।"प्राधिकरणले दुर्घटनामा परेका हेलिकप्टरहरू फिश्टेल एअर र एअर डाइनेस्टीका हुन्। यतिखेर सगरमाथा क्षेत्रमा यतिखेर आमादब्लम हिमालमा आरोहण गर्ने क्रम चलिरहेको चलिरहेको छ। शरद्‌याम उक्त क्षेत्रमा पदयात्राका लागि समेत लोकप्रिय छ।सगरमाथा आधारशिविरसम्म हेलिकप्टरमा पुग्दै बीचका गाउँमा छोटो समय 'ब्रेकफास्ट'का लागि रोकिने प्याकेजहरू समेत त्यस क्षेत्रमा चल्तीमा पाइन्छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति
Latest NewsJust now

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन... ...

रातोपाटी
बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ
Latest NewsJust now

बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ

विराटनगर समाचारदाता विराटनगर, कात्तिक १७ गते । कोशी प्रदेशका प्रदेश प्रमुखको पाँचबर्से अवधि यही कात्तिक २४ गते पूरा हुँदै छ । सङ्घमा बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशका सरकारदेख... ...

गोरखापत्र
अमेरिकामा आज मध्यावधि निर्वाचन, हाउसतर्फ ४३५ र सिनेटतर्फ ३५ सीटका लागि कडा प्रतिस्पर्धा हुने
Latest NewsJust now

अमेरिकामा आज मध्यावधि निर्वाचन, हाउसतर्फ ४३५ र सिनेटतर्फ ३५ सीटका लागि कडा प्रतिस्पर्धा हुने

• अमेरिकामा आज मध्यावधि चुनावका लागि मतदान हुँदै छ, जसमा हाउसका ४३५ र सिनेटका ३५ सीटका लागि प्रतिस्पर्धा भइरहेको छ। • राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी दुवै सदनमा बहुमतमा छ, तर कुनै एक सदनमा बहुमत गुमाएमा नीति पारित गर्न कठिनाइ हुनेछ। • हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमतका लागि २१८ सीट आवश्यक छन्, र यसपटक सबै ४३५ सीटमा निर्वाचन हुँदै छ। ...

नेपालबहस
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ज्यान गुमाउने र घाइते हुनेको पहिचान खुल्यो
Latest NewsJust now

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ज्यान गुमाउने र घाइते हुनेको पहिचान खुल्यो

काठमाडौं । सोलुखुम्बुमा दुई हेलिकोप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति र घाइतेको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् । दुर्घटनामा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका छन् । प्रहरी निरीक्षक तामाङले घाइते पटेलको पहिचान खुलेको जानकारी दिएका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play