काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित दुई जनाको आज संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ९: ३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ । बैठकमा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित झापाका जनक पाण्डे र दाङका गोकर्ण डाँगीलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिनेछ । त्यसपछि समितिले प्रस्तावित दुवैको सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उपयुक्तता वा अनुपयुक्तताबारे निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । The post संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

Read Complete Original Article
Published originally on कर्पोरट खबर






