संसदीय उपसमितिमाथि हस्तक्षेप गरेर सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छिन । सार्वजानिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएकी हुन् । अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र सरकारले नगर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । उनले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिन् । सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर निर्णय लिने आफूलाई नलागेको उनको भनाइ छ । उनले भनिन्, “नेपालमा एकदमै धेरै सुरुमै मिडिया ट्रायल गर्ने एउटा प्रवृत्ति नै छ । तर त्यो समाचार र यो हाम्रो बैठकको कुनै सरोकार छैन । यो एउटा पूर्वनिर्धारित बैठक थियो । संयोगले यहि समाचारहरु प्रकाशित भइरहेको समयमा प¥यो तर यसको र त्यसको केही पनि सरोकार छैन । मलाई जहाँसम्म लाग्छ, सरकारले त्यसरी हस्तक्षेप गर्ने गरि कुनै पनि निर्णय गर्छ जस्तो मलाई लाग्दैन । किनभने सरकारले नै हामीलाई एउटा अध्ययन गर्ने जिम्मेवारी दिएर यता अध्ययन समिति गठन गरेर आफै फेरी हस्तक्षेप गरेर निर्णय गर्छ जस्तो मलाई लाग्दैन । आधिकारिक रुपमा नआएको कारणले गर्दा मैले यसमा विशेष टिप्पणी गर्न चाहिन ।” उनले अध्ययन अनुसन्धानअघि नै निष्कर्षमा पुग्नु न्यायसंगत नहुने बताइन् । उपसमितिले निर्वाचन पोशाकसम्बन्धी अध्ययनका क्रममा कुनै पनि व्यक्ति वा पक्षलाई दोषी ठहर गर्ने वा उन्मुक्ति दिने पूर्वधारणाबाट मुक्त भएर निष्पक्ष अध्ययन गर्ने पनि बताइन् । अध्ययनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गर्ने उनको भनाइ छ । अध्ययनको प्रारम्भिक चरणमै रहेकाले दसैँका कारण बिचमा लामो समय बित्दा अपेक्षित प्रगति हुन नसकेको उनले बताइन् । यद्यपि, सदस्यहरूले व्यक्तिगत रूपमा अध्ययन जारी राखेको उनको भनाइ छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

विनिता खड्कासहित चार जनाले कांग्रेस केन्द्रीय सदस्यमा शपथ लिन नपाउने
काठमाडौँ। नेपाली कांग्रेसका विनिता खड्का, सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवले केन्द्रीय सदस्यमा शपथ लिन नपाउने भएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूलाई शपथ नगराउने निर्णय भएको कांग्रेस केन्द्रीय... ...

आफ्नो किरियाकर्म सकिएको ६ महिनापछि जब पदमबहादुर टुप्लुक्क घरमा आए...
सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले दागबत्ती दिए, काजकिरिया सके। दुर्घटना बीमा बापतको रकमसमेत बुझिलिए। तर, मोरङ लेटाङका ३७ वर्षीय पदमबहादुर राय जिउँदै रहेछन्। उनी अकस्मात घर आइपुगेका छन्। अन्त्यष्टि भएको ६ महिनापछि राय घर फर्किँदा परिवार, समाज र प्रहरी वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ। परिवारका लागि यो पुनर्जन्मको खुसी भए पनि यसले राज्यको अन... ...

नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन
काठमाडौँ, कात्तिक १२ गते । नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन भएको छ । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान... ...

इजरायललाई दिएको अमेरिकी समर्थनको विरोध गर्न २०२८ का राष्ट्रपतीय आकांक्षीलाई आग्रह
• पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा गाजासम्बन्धी नीतिको विरोध गर्दै १२ जना पूर्वअधिकारीहरूले डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई उक्त नीतिको निन्दा गर्न आग्रह गरेका छन्। • उनीहरूले इजरायलको सैन्य कारबाहीलाई समर्थन गर्ने व्यक्तिहरूलाई भविष्यको सरकारमा नसमावेश गर्न प्रतिबद्धता जनाउन भनेका छन्। • पूर्वअधिकारीहरूले अमेरिकी संविधानको रक्षा र गाजामा इजरायलको नरसंहारमा अमेरिकाको संलग्नता स्वीकार्नुपर्ने आवश्यकता औंल्याएका छन्। ...


