काठमाडौं । आज अबुधाबीमा संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका छन् । भेटका क्रममा द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयामबारे छलफल भयो। विशेषगरी बुढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानी, कृषि तथा सेवा क्षेत्रकाे विकास तथा सुरक्षा प्रविधिमा सहकार्यका लागि गृहमन्त्रीले प्रस्ताव गरे । यसैगरी, फेसलेस पोलिसिङको अवधारणा,नन लिथल सेक्युरिटी गियर्सको उत्पादन तथा सुरक्षा निकायलाई प्रविधिमैत्री र आधुनिक बनाउने विषयमा समेत दुवै मन्त्रीहरूबीच विचार आदानप्रदान भयो। नेपालले प्रस्ताव गरेका परियोजनाहरूमा औपचारिक प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउने र आगामी दिनमा सहकार्य थप सुदृढ र विस्तार गर्ने विषयमा दुवै पक्षको सकारात्मक धारणा रह्यो। The post संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा. जेयोदीसँग गृहमन्त्री गुरुङको भेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा. जेयोदीसँग गृहमन्त्री गुरुङको भेट

Read Complete Original Article
Published originally on कर्पोरट खबर






