Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/श्रीलङ्कानजिकै समुद्रमा 'बिरामी परेका' ४० इरानी नाविकको उद्धार

श्रीलङ्कानजिकै समुद्रमा 'बिरामी परेका' ४० इरानी नाविकको उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रीलङ्कानजिकै समुद्रमा 'बिरामी परेका' ४० इरानी नाविकको उद्धार

AFP via Getty Images श्रीलङ्काको विदेश मन्त्रालयले देशको दक्षिणपूर्वी तटनजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वास्थ्यसम्बन्धी अज्ञात समस्यामा परेका ४० इरानी नाविकहरूको उपचार गर्न र स्वदेश फर्काउने व्यवस्था मिलाउन आफूले समन्वय गरेको जनाएको छ।उक्त मन्त्रालयका प्रवक्ता तुषार रोड्रिगोले बीबीसी सिन्हालालाई बताएअनुसार श्रीलङ्काली अधिकारीहरूले इरानी जहाजहरूबाट "तत्काल औषधोपचार आवश्यक भएको" जनाउ दिनका लागि पठाइएको 'डिस्ट्रेस कल' अर्थात् आपत्कालीन सङ्केत प्राप्त गरेका थिए।उद्धारको योजना कोलम्बोस्थित इरानी दूतावासले बनाएको उनले बताए। इरानसँगको वार्ता सकारात्मक दिशामा, नोभेम्बर ३ अघि आक्रमण हुँदैन: ट्रम्प इरान युद्ध अन्त्य होस् भन्ने चीनको चाहना, तर ट्रम्पले रोजे जसरी होइन अमेरिकी जलसेनाको नाकाबन्दीका कारण कैयौँ इरानी पानीजहाजहरू समुद्रमा अलपत्र परेका छन्। श्रीलङ्काले अहिले जारी द्वन्द्वमा आफू तटस्थ रहेको जनाएको छ। यद्यपि अन्तर्राष्ट्रिय कानुनप्रतिको दायित्वस्वरूप आफूले बेलाबेलामा इरानी नाविकहरूलाई सहयोग गर्दै आएको श्रीलङ्काको भनाइ छ। गत महिना बीबीसी सिन्हालाको एउटा रिपोर्टमा श्रीलङ्कानजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा २१ वटा इरानी जहाजहरू रहेको खुलेको थियो। उद्धार गरिएका ४० नाविकहरू विभिन्न जहाजमा कार्यरत थिए। यद्यपि उनीहरू कतिवटा जहाजमा थिए भन्ने जानकारी आफूसँग नभएको रोड्रिगोले बताए।उनका अनुसार बिरामी परेका नाविकहरूलाई पहिला श्रीलङ्काली भूमिमा ल्याएर शनिवार राति विमानमार्फत् इरान फर्काउनुअघि औषधोपचारका लागि कोलम्बो लगिएको थियो।उद्धारकार्यमा स्थानीय शिपिङ कम्पनीहरूसहित कैयौँ निकायहरू संलग्न थिए।श्रीलङ्काको स्पष्टीकरणरोड्रिगोका अनुसार स्वास्थ्यसम्बन्धी सङ्कट उत्पन्न भएकाले श्रीलङ्काले अन्तर्राष्ट्रिय कानुन र मानवीय आधारमा आवश्यक सुविधा उपलब्ध गराएको हो। "यसको अर्थ हामी ती जहाजहरूलाई सहयोग गर्छौँ भन्ने होइन," उनले भने। "डिस्ट्रेस कल (सङ्कटसूचक सङ्केत) प्राप्त भएपछि त्यसको उत्तर दिनु सामान्यतया अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको परम्परा हो।""यसअघि पनि हामीले यस्ता मामिलाहरू भोगेका छौँ। निरन्तर लागु भइरहने एउटा सामान्य प्रक्रिया हो।"गत फेब्रुअरीमा अमेरिका र इजरेलले इरानविरुद्ध आक्रमण गरेपछि युद्ध सुरु भएको हो। अमेरिकी र इजरेली हमलाको जबाफ दिन इरानले इजरेल, अमेरिकी सैन्य शिविरहरू र खाडी क्षेत्रमा रहेका अमेरिकाका साझेदार राष्ट्रहरूमा आक्रमण गर्नुका साथै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारिक मार्गको रूपमा रहेको होर्मुज जलमार्ग अवरुद्ध गर्दै आएको छ। अमेरिका र इरानबीच वार्ता अवरुद्ध भएपछि दुवै पक्षले एकअर्काविरुद्ध हमला गर्दै आएका छन्। श्रीलङ्काले अमेरिका र इरान दुवैतर्फबाट सैन्य पहुँचका अनुरोधहरूलाई अस्वीकार गर्दै र दुवै पक्षलाई वार्तालाई प्राथमिकता दिन आग्रह गर्दै आऐको छ। श्रीलङ्काले अहिलेको द्वन्द्वमा परेका इरानी जहाजहरूलाई मानवीय आधारमा सहयोग गर्ने प्रस्ताव पनि गरेको छ।‍ ट्रम्पले इरानमा बम खसाल्न चाहेको 'पिकएक्स माउन्टेन' के हो श्रीलङ्कामा फेला पर्‍यो ५८२ जनालाई गाडिएको अर्को चिहान, तमिल विद्रोहसँग कस्तो सम्बन्ध मानवताको रक्षा र राष्ट्रिय हितगत मार्च महिनामा अमेरिकी टोर्पिडो आक्रमणका कारण श्रीलङ्काको तटनजिकै डुबेको इरानी जहाज 'आइरिस डेना'बाट 'डिस्ट्रेस कल' प्राप्त भएपछि आवश्यक प्रतिक्रिया गरेको श्रीलङ्काली अधिकारीहरूले बताएका थिए। उक्त आक्रमणमा परी उक्त पानीजहाजमा भएका ८० जनाभन्दा बढीको मृत्यु भएको थियो। घाइतेहरूलाई उद्धार गरी श्रीलङ्काली अधिकारीहरूले एउटा अस्पतालमा लगेका थिए। त्यसको भोलिपल्ट श्रीलङ्काली अधिकारीहरूले इरानी जलसेनाको अर्को पानीजहाजलाई आफ्नो एउटा बन्दरगाहमा रोकिन अनुमति दिए। श्रीलङ्काका राष्ट्रपति अनुर कुमार दिशानायकले "मानवताको रक्षा गर्न आफूहरू कहिल्यै पछि नहट्ने" बताएका छन्।समाचारसंस्था 'एपी'का अनुसार यसै महिनाको सुरुमा श्रीलङ्काली अधिकारीहरूले आफ्नो तटनजिकै खाद्य पदार्थ, पानी र इन्धनको अभाव भएको जानकारी दिएका १९ वटा इरानी जहाजलाई तत्काल कुनै सहायता पठाउने योजना नरहेको बताएका थिए। एपीका अनुसार अधिकारीहरूले राष्ट्रिय हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। ड्रोन हमलापछि साउदी अरेबियाले गर्‍यो मुख्य तेल पाइपलाइन बन्द टर्की, साउदी अरब र पाकिस्तानले 'मुस्लिम नेटो' गठबन्धन बनाउन सक्लान्? बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

सरकारी कर्मचारीलाई सवारी किन्न ६० लाखसम्म ऋण दिने सरकारको तयारी
ताजा खबरJust now

सरकारी कर्मचारीलाई सवारी किन्न ६० लाखसम्म ऋण दिने सरकारको तयारी

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । सरकारले तयार गरिरहेको ‘सरकारी कर्मचारीहरूका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । प्रस्तावित निर्देशिकाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपांग्रे सवारीसाधन किन्न ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । सहसचिव वा ११औँ […] ...

लोकपथ
सामान्य विवादले उग्र रूप लिँदा दाजुद्वारा भाइलाई छुरा प्रहार
ताजा खबरJust now

सामान्य विवादले उग्र रूप लिँदा दाजुद्वारा भाइलाई छुरा प्रहार

• झापाको भद्रपुरमा दाजुले भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। • विवादको क्रममा ३० वर्षीय बाबुलाल हस्दालाई छुरा प्रहार गरिएको र उनको उपचार भद्रपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ। • प्रहरीले घटनास्थलबाट छुरा बरामद गरी फरार रहेका दाजु कुबराजलाई नियन्त्रणमा लिएको छ। ...

नेपालबहस
पशुबाट सर्ने ‘शामोन्डा भाइरस’ मानिसमा पहिलोपटक पुष्टि : के हो यो भाइरस र कति छ जोखिम ?
ताजा खबरJust now

पशुबाट सर्ने ‘शामोन्डा भाइरस’ मानिसमा पहिलोपटक पुष्टि : के हो यो भाइरस र कति छ जोखिम ?

पेरिस । फ्रान्समा बिहीबार मानिसमा ‘शामोन्डा भाइरस’ सङ्क्रमणको पहिलो घटना पुष्टि भएको छ। सङ्क्रमित बिरामीको मृत्यु भइसकेको भए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसलाई अहिलेसम्मको एउटा मात्र छुट्टै घटना मान्दै... ...

रातोपाटी
आज कोजाग्रत पूर्णिमा, दसैं समापन हुँदै
ताजा खबरJust now

आज कोजाग्रत पूर्णिमा, दसैं समापन हुँदै

गोरखापत्र अनलाइनकाठमाडौँ, कात्तिक ९ गते । नेपालीको महान् चाड विजयादशमी कोजाग्रत पूर्णिमासँगै सोमबार समापन भएको छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सम्पूर्ण पूज... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play