Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/श्रीमुक्तिनाथ रथयात्रा: मेची–महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

श्रीमुक्तिनाथ रथयात्रा: मेची–महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
श्रीमुक्तिनाथ रथयात्रा: मेची–महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ । मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामसहित आमनेपालीलाई एक सूत्रमा जोड्ने जनाइएको छ । ‘यस धार्मिक रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देशविदेशसम्म पुर्‍याउँदै समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै तीर्थस्थलको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको जगेर्ना र आध्यात्मिक जागरणमा महत्त्वपूर्ण योगदान दिने मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले बताए । रथयात्राले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउने पनि उनको भनाइ छ । सार्वजनिक भएको कार्यतालिका अनुसार रथयात्रा यही कात्तिक ८ गते मुक्तिनाथबाट जोमसोम–गलेश्वर हुँदै बेनी–कुन्डुलेफेदी पुगेर रात्रि विश्राम गर्नेछ । कात्तिक ९ गते पञ्चकोट–बागलुङ बजार, मालढुङ्गा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सनातन सेवाश्रम, रामघाटमा रात्रि विश्राम गर्ने कार्यक्रम छ । कात्तिक १० गते पोखराबाट दमौली–डुम्रे–मुग्लिन–धादिङ–थानकोट–कलङ्की–स्वयम्भू–बालाजु र चक्रपथ हुँदै गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ । कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्रि विश्राम गर्ने कार्यतालिका छ । कात्तिक १२ गते भक्तपुरबाट साँगा–बनेपा–धुलिखेल–भकुण्डेबेँसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्राले कात्तिक १३ गते सिन्धुली– भीमान–कटारी–गाईघाट र बराहक्षेत्र हुँदै श्रीमुक्तिनाथ मन्दिर, चतराधाममा रात्रि विश्राम गर्नेछ । कात्तिक १४ गते चतराबाट धरान–इटहरी–विराटचोक–बेलबारी– लेटाङ–पथरी–ऊर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम रहेको छ । कात्तिक १५ गते गोवर्धन गौशाला किलिकले– लालमखोला–माईधार–बिर्तामोड–अर्जुनधारा–बुधबारे–चारआली–भद्रपुर र काँकडभिट्टा हुँदै श्रीयोगीराज कमलनयनाचार्य आश्रम, माइधारमा रात्रि विश्राम गर्नेछ । कात्तिक १६ गते माईधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी श्रीलक्ष्मीनारायण मन्दिर, पाञ्चालीमा विश्राम गरिनेछ । कात्तिक १७ गते विराटनगर–दुहबी–इटहरी–लहान र धनुषा हुँदै जनकपुरधाम पुगेर रथयात्रा रात्रि विश्राम गर्ने कार्यक्रम छ । कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर–बडहरी– लालबन्दी–बर्दिवास–लालबन्दी–नवलपुर–हरिवन–चन्द्रनिगाहपुर–निजगढ र पथलैया हुँदै सिमरामा विश्राम गर्नेछ । कात्तिक १ गते सिमरा–पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी श्रीकस्तुरी रङ्गनाथ मन्दिर, चिसापानीमा रात्रि विश्राम गर्ने कार्यक्रम तय गरिएको छ । कात्तिक २० गते हेटौँडाबाट मनहरी–वसन्तपुर–भण्डारा–पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ । कात्तिक २१ गते नारायणगढ–गैँडाकोट–भेडाबारी–फूलबास, रजहर–दलदले–प्रगतिनगर–कावासोती–डण्डा–चोरमारा–अरुणखोला– दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्रि विश्राम गर्ने कार्यतालिका छ । कात्तिक २२ गते बर्दघाट–भुताहा–भूमही–सुनवल र बुटवल हुँदै रथयात्रा रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्वेद स्वर्गद्वारी आश्रम पुग्नेछ । कात्तिक २३ गते खरेन्द्रपुर–चन्द्रौटा–मालुवाङ–लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्रि विश्राम गरिनेछ । कात्तिक २४ गते नेपालगञ्जबाट टीकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम गर्ने र कात्तिक २५ गते लम्कीचुहाबाट पुनर्वास हुँदै महेन्द्रनगर (महालक्ष्मी) स्थित श्रीराधाकृष्ण मन्दिरमा रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ । कात्तिक २६ गते महेन्द्रनगर–भलारी र अत्तरियाको मार्ग हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा रथयात्रा पुग्नेछ । कात्तिक २७ गते धनगढी–हसुलिया–राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्रि विश्राम गरिनेछ । कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने कार्यक्रम छ । कात्तिक २९ गते तुलसीपुर–घोराही–लमही–गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्रि विश्राम गरिनेछ । रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा समापन गरिने कार्यक्रम रहेको छ । श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३ आयोजना हुनेछ । The post श्रीमुक्तिनाथ रथयात्रा: मेची–महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ
ताजा खबरJust now

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ

काठमाडौं।दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो। ...

नेपालन्युज
पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद
ताजा खबरJust now

पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको ...

कर्पोरट खबर
ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता
ताजा खबरJust now

ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता

काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका... ...

रातोपाटी
टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी
ताजा खबरJust now

टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको दाबी गरिएको छ । बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा प्रहरीले सोमबार बिहान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play