Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

शुभकार्यमा लग्नबलको प्राधान्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
शुभकार्यमा लग्नबलको प्राधान्य
Photo / Coverage: हिमालय टाइम्स

यात्रा एवम् माङ्गलिक कार्यमा साइत हेर्नुपर्ने शास्त्रीय विधि विधान पाइन्छ । लोक व्यवहार पनि शास्त्रकै आधारमा सम्पादन हुने गर्दछन् । यसरी साइत हर्दै गर्दा धेरै कुराको विचार गर्नुपर्ने शास्त्रीय व्यवस्था छन् । कार्य अनुसार वर्ष, महिना, तिथि, नक्षत्र, योग, करणका साथै भद्रादि अशुभ काल, पापग्रह युत विद्ध समय, पापांशकाल पनि विचार गर्नुपर्दछ । यी सबै विचार गरिसकेपछि उत्तम दिन तय हुन्छ । यसरी उत्तम दिन तय भइसकेपछि उक्त दिन कुन लग्न उपयुक्त हुन्छ भन्ने विषयमा पनि विचार गरिन्छ । यसरी विचार गर्दा शुभ लग्न हुनुपर्ने शास्त्रीय व्यवस्था छ । यसका साथै व्यक्तिको जन्म लग्न राशिअनुसा पनि लग्नलाई उत्तम तुल्याउनुपर्दछ । लग्न भनेको दिनको लगभग दुई घण्टाको समय हो । यसभित्र पनि उत्तम समयका निम्ति उत्तम नवमांको विधान गरिको हुन्छ । यसरी समय निर्धारण गर्दै गर्दा अधिकांशतः कालवेलाको वा चौघडीको विचार गर्ने गरेका पाइन्छ । यसैगरी सामान्य कार्यमा होराको विचार गर्नुपर्ने कुरा शास्त्रमा उल्लेख पाइन्छ । यसरी होराको विचार समान्यका कार्यका निम्ति हो । यात्रादिमा लग्नका साथै दिक्शशूलको पनि विचार गर्नुपर्दछ । पुराणश्रवणमा पुराणचक्र, वास्तुमा वास्तुचक्र, गृहप्रवेशमा कलशचक्रको विशेष विचार गर्नुपर्दछ । जन्मोत्सव तिथिमा नै गर्नुपर्दछ । तिथिको प्राधान्य रहने कार्य तिथिलाई नै विचार गरी सम्पादन हुने गर्दछन् । श्राद्धादि नैमित्तिक कर्ममा लग्नबल आवश्यक पर्दैन । तर जुराएर गरिने काम्य कर्मका निम्ति, यात्रादि माङ्गलिक कार्यका निम्ति भने नक्षत्र एवं लग्नको प्राधान्य हुने गर्दछ । लग्न र नक्षत्रको बललाई विशेष महत्त्व दिनुपर्छ भन्ने शास्त्रीय मत पनि पाइन्छ । कतिपय सन्दर्भमा लग्न जुरेको हुन्छ तर बारबेला मिलेको छैन होरा मिलेको छैन भनी आलोचना पनि भएका हुन्छन् । यसैले यस विषयमा शास्त्रीय चर्चा गर्नु आवश्यक देखिन्छ । मूलतः लग्नबलको नै प्राधान्य रहने ऋषिवचन एवं शास्त्रीय आधार पाइन्छन् । लग्न, तिथि, ग्रह, चन्द्रमा, नक्षत्र, योग र करण गरी यी सातवटा विषयहरू लोकव्यवहार तथा शुभाशुभ कर्मको सिद्धिका लागि शास्त्रानुसार विचार गर्नुपर्दछ भनी संहिता प्रदीपमा यसरी बताइएको छ :‘लग्नं तिथिर्व्योमचरः शशाङ्को नक्षत्रयोगौ करणं तथैव ।एतानि लोकव्यवहारसिद्ध्यै शास्त्रार्थशोध्यानि पदानि सप्त ।।’(संहिताप्रदीप) यसैगरी तिथि, चन्द्रमा र लग्नलाई शरीर, मन र आत्मा मानिएको छ :‘तिथिः शरीरं मन इन्दुवीर्यं विलग्नमात्माऽवयवास्तु भाद्याः ।शुद्धे शरीरे त्वपरेऽविचिन्त्यं न क्वापि कुड्येन विनाऽपि चित्रम् ।।’ (पर्ववत्) तिथि शरीर हो, चन्द्रमा मन हो, लग्न आत्मा हो र अन्य भावादि अङ्गहरू शरीरका अवयव हुन् । जसरी शरीर नै शुद्ध र स्वस्थ छैन भने त्यसका अन्य अङ्गहरूको सुन्दरता वा सजावटको विशेष महत्त्व रहँदैन, त्यसरी नै मुख्य आधार लग्न शुद्ध नभएको अवस्थामा अन्य कुराहरूको विचार गर्नु निरर्थक हुन्छ । तिथिको महत्त्वसबै कर्ममा समान हुँदैन । पितृकर्ममा तिथि विशेष प्रधान हुन्छ भने विवाह र यात्रादिमा अन्य मुहूर्ताङ्गको पनि विशेष विचार गर्नुपर्छ ।‘तिथेः प्रशंसा या प्रोक्ता सदैव पितृकर्मणि ।ज्ञेया बुधैस्तथोद्वाहप्रयाणादिषु चाल्पता ।।’ (पूर्ववत्) यसैगरी जन्मोत्सव तिथिमा नै गर्नुपर्दछ । तिथिको प्राधान्य रहने कार्य तिथिलाई नै विचार गरी सम्पादन हुने गर्दछन् । श्राद्धादि नैमित्तिक कर्ममा लग्नबल आवश्यक पर्दैन । तर जुराएर गरिने काम्य कर्मका निम्ति, यात्रादि माङ्गलिक कार्यका निम्ति भने नक्षत्र एवं लग्नको प्राधान्य हुने गर्दछ । लग्न र नक्षत्रको बललाई विशेष महत्त्व दिनुपर्छ भन्ने शास्त्रीय मत पनि पाइन्छ :‘विशुद्धमृक्षं सबलं च लग्नं यथा प्रयत्नेन विलोकयन्ति ।तथा न योगं करणं तिथिं वा दोषो गुणो वाऽपि तिथेर्यतोऽल्पः ।।’(ज्योतिर्विवरणम्) लग्नलाई मुहूर्तको जीव वा प्राण मानिएको छ । लग्नको बलअनुसार कार्यको फल प्राप्त हुन्छ । यसैले काम्य कर्ममा प्रायशः लग्नकै बल प्रधान हुने गर्दछ किनकि लग्नलाई आत्मा मानिएको छ :‘लग्नं जीवो मनश्चन्द्रः शरीरं च तिथिस्ततः ।जीवे पुष्टे फलं पुष्टं नष्टे नष्टं विदुर्बुधाः ।।’ (ज्योतिःसागर) लग्न जीवात्मा समान हो, चन्द्रमा मन हो र तिथि शरीर हो । विद्वान्हरू भन्दछन् : जीव अर्थात् लग्न बलवान् भएमा कार्यको फल पनि बलवान् हुन्छ र लग्न निर्बल वा नष्ट भएमा कार्यको फल पनि नष्ट हुन्छ । लग्नमा गम्भीर दोष भएमा अन्य मुहूर्ताङ्गका शुभ गुणले मात्र कार्यको सिद्धि गराउन सक्दैनन् । यदि लग्न अशुभ छ भने शुभ बेलाले कुनै अर्थ राख्दैन । लग्न दोष भएको समयमा गरिएका कार्य निष्फल हुन्छन् भनिएको छ :‘लग्नं केनापि दोषेण दूषितं चेत्तदा गुणाः ।सर्वे दुष्टाः स्युरात्मानं विना यद्वत्कलेबरम् ।।’ (गर्ग) यदि लग्न कुनै दोषद्वारा दूषित भएको छ भने त्यस मुहूर्तका अन्य सबै गुणहरू पनि निष्फल हुन्छन् । लग्नलाई अन्य मुहूर्तांगभन्दा प्रधान मानिएको छ । यदि लग्न बलवान् छ तर तिथ्यादि बलवान् छैनन् भने पनि लग्न बलकै प्राधान्य रहन्छ भनी लल्लाचार्यले ऋषिवचन यसरी उल्लेख गरेका छन् :‘न तिथिं न च नक्षत्रं न योगं नैन्दवं वटम् ।लग्नमेकं प्रशंसन्ति गर्गनारदकश्यपाः ।।’ (लल्लाचार्य) गर्ग, नारद र कश्यप आदि ऋषिहरूले तिथि, नक्षत्र, योग वा चन्द्रमालाई भन्दा लग्नलाई नै विशेष प्रशंसा गर्नुभएको छ । यसरी हेर्दा लग्न बल नै विशेष विचारणीय हुने गर्दछ । लग्नलाई फूल र त्यसको शुभफललाई फलसँग तुलना गरिएको छ :‘लग्नं पुष्पसमं ज्ञेयमंशः फलसमस्तथा ।नष्टे पुष्पे फलं नास्ति तस्माल्लग्ने प्रधानता ।।’ (ज्योतिःसागर) लग्नलाई फूलसरह र अंशलाई त्यस फूलबाट प्राप्त हुने फलसरह बुझ्नुपर्छ । यदि फूल नै नष्ट भयो भने त्यसबाट फल प्राप्त हुन सक्दैन । त्यसैले लग्नलाई नै विशेष विचार गर्नुपर्ने देखिन्छ । सामान्यतः साइतमा यामार्ध, कुलिक, तिथिक्षय, परिघयोगका पूर्वार्ध, भद्रा, वैधृति योग, व्यतीपात योग, सूर्यादि ग्रहका सङ्क्रान्तिका त्याज्य घडी, गण्डान्त, एकार्गल, कृष्णपक्षको त्रयोदशीदेखि चारदिन १३।१४।३०।१, सूर्य र चन्द्रमाको क्रान्तिसाम्य, पापग्रहको होरा, मध्यरात्रि, मध्य दिनको पूर्वापरको १० पला, माता पिताको श्राद्धको दिन, आमाको ऋतु धर्म भएको समय शुभकार्यमा त्याज्य छन् । (मुहूर्तमार्तण्ड, १।२) कार्य अनुसारका समय व्यवस्था शास्त्रमा उल्लेख पाइन्छ । नित्य नैमित्तक र काम्य कर्म अनुसार नै तिथ्यिादि व्यवस्था, मासादि व्यवस्थाका साथै पञ्चाङ्गशुद्धिका कुरा पनि शास्त्रमा उल्लेख पाइन्छन् । कार्यअनुसार विशेष समय पनि शास्त्रमा निर्देश गरिएको छ । मूलतः पितृकार्यका निम्ति तिथिको प्राधान्य रहन्छ । अन्य समान्य कार्यका निम्ति कालहोराको व्यवस्था गरिएको छ । यसैगरी जन्ममास, जन्मतिथि, जन्मनक्षत्र आदि, ग्रहण लागेको नक्षत्र, चण्डायुध, दुष्टमुहूर्त, पहिलो गर्भबाट उत्पन्न भएकाका निम्ति ज्येष्ठमास, पापग्रहले युक्त र त्यसभन्दा अघि र पछिको एक एक नक्षत्र, विद्ध नक्षत्र, क्षयमास, मलमास, विष्कम्भ, व्याघात, शूल, वज्र, गण्ड, अतिगण्ड, यो योगका क्रमश ३।९।५।९।६।६। सुरुका घडी र अश्विन्यादि नक्षत्रका विषघडी शुभकार्यमा त्याग्नुपर्दछ । (मुहूर्तमार्तण्ड, १।३) यसका साथै कार्यअनुसार लत्ता, बाणपञ्चक, पापग्रहको वर्ग षड्वर्ग, अरिष्ट स्थान स्थित चन्द्रमा, मारकेश आदि दुष्ट ग्रहको दशाजन्य अरिष्ट, जनामरािश, गुरु र शुक्रको सूर्यसिन्निधिवशात् अस्त, लग्न वा चन्द्रमाले गरेको पापग्रहकृत कर्तरी, गोचरकालिक अरिष्ट समय, ग्रहण सूतक, जन्मसूतक, मरणसूतक, हाछिउ आदि अपशकुन, कार्य गर्न मन नलागेका समय, ज्वारभाट आदि व्याधि शुभकर्ममा त्याग्नुनुपर्दछ । (मुहूर्तमार्तण्ड, १।४) यसरी तिथ्यादि सबै कुरा जुरिसकेपछि पनि लग्नबललाई विशेष विचार गर्नुपर्दछ । त्यसैले लग्नशुद्धिको वयवस्था यसरी गरिएको छ :‘प्रायश्चन्द्रं त्यजाऽन्त्याष्टमरिपुतनुगं भांशकौ मूढनाथौ क्रूरेन्द्वाप्तौ खलांशं मृतिगतखचरं मृत्युतत्पौ तनुस्थौ ।सौम्याः केन्द्रत्रिकोणेष्वरिभवसहजेषवन्यखेटाः प्रशस्ताःसर्वत्रैतत्प्रयोज्यं प्रकरणपठितांस्तद्विशेषान्विदित्वा ।।’ (मुहूर्तमार्तण्ड, ३।२)प्रत्येक शुभकार्यमा १२।८।६ र लग्न यी स्थानमा चन्द्रमा भए त्याग्नुपर्दछ । अस्तगत ग्रहको लग्न र नवमांश, पाप ग्रहको नवमांश अष्टमस्थानमा स्थित ग्रह, जन्म राशि जन्मलग्नबाट अष्टम राशि र अष्टमेश लग्नमा भए शुभ कार्यमा त्याग्नुपर्छ । केन्द्र १।४।७।१० र त्रिककोण ५।९ मा शुभग्रह र ३।६।११ स्थानमा पापग्रह भए शुभ हुन्छ । यो सबै शुभ कर्ममा विचारणीय हुन्छ । विशेष कार्यमा तद्अनुसारका लग्नशुद्धिको विचार हुन्छ । यी समान्यतः कुनै कार्य विशेष लग्नका नबताइएका कार्यका निम्ति हो । विशेष कर्मका तद् निर्धारित लग्नको नै विचार गर्नुर्दछ । कार्यअनुसारका समय व्यवस्था शास्त्रमा उल्लेख पाइन्छ । नित्य नैमित्तक र काम्य कर्मअनुसार नै तिथ्यिादि व्यवस्था, मासादि व्यवस्थाका साथै पञ्चाङ्गशुद्धिका कुरा पनि शास्त्रमा उल्लेख पाइन्छन् । कार्यअनुसार विशेष समय पनि शास्त्रमा निर्देश गरिएको छ । मूलतः पितृकार्यका निम्ति तिथिको प्राधान्य रहन्छ । अन्य समान्य कार्यका निम्ति कालहोराको व्यवस्था गरिएको छ । यात्राकादिका निम्ति पनि विशेष लग्नका साथै दिक्शूलको उल्लेख गरिएको छ । विवाह, व्रतबन्ध, गृहारम्भ, यज्ञ अनुष्ठान आरम्भ, चूणा, अन्नप्राशन जस्तका कार्यमा भने लग्नबलको प्राधान्य रहने गर्दछ । लग्नशुद्धि नै आवश्यक हुने गर्दछ । यसरी शास्त्रीय विषयवस्तुका साथै ऋषिवचनलाई हेर्दा काम्यकर्मको साइतमा लग्नबलको विशेष विचार आवश्यक रहने देखिन्छ । प्रधान लग्न नै भएकाले पञ्चाङमा पनि शुभ लग्नका समय दिइएका हुन्छन् । सोही अनुसार नै उत्तम समयमा कार्य समपादन गर्नुपर्ने शास्त्रीय व्यवस्था रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाजुरामा ट्याक्टर दुर्घटना : थप एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो
Latest NewsJust now

बाजुरामा ट्याक्टर दुर्घटना : थप एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो

धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक जनाको मृत्यु भएको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१... ...

रातोपाटी
कोसी, वाग्मती र गण्डकी, तराईमा हुस्सु लाग्ने
Latest NewsJust now

कोसी, वाग्मती र गण्डकी, तराईमा हुस्सु लाग्ने

काठमाडौं । देशको हिमाली क्षेत्रमा शनिबार (मंसिर १२) दिउँसो आंशिक बादलको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जनाएको छ । यस दिन राति कोसी, मधेस र ...

केन्द्रबिन्दु
अमेरिकी डलरको भाउ बढ्यो अन्य विदेशी मुद्राको भाउ कति ?
Latest NewsJust now

अमेरिकी डलरको भाउ बढ्यो अन्य विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी सबैजसो मुद्राको मूल्य बढेको थियो। आज अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा छ। हिजो अमेरिकन डलर १ को ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement