Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी डलरको भाउ बढ्यो अन्य विदेशी मुद्राको भाउ कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी डलरको भाउ बढ्यो अन्य विदेशी मुद्राको भाउ कति ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी सबैजसो मुद्राको मूल्य बढेको थियो। आज अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा छ। हिजो अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी युरो १ को खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६२ रुपैयाँ ३६ पैसा छ। हिजो युरो १ को खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर ९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा थियो। आज कुवेती दिनार १ को खरिददर ४८० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा थियो। त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९३ रुपैयाँ ८२ पैसा बिक्रीदर ३९५ रुपैयाँ ४१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९१ रुपैयाँ ५४ पैसा बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा थियो। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुरक्षण मुद्रण केन्द्रमा नियमित छापिँदै लाइसेन्स
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रमा नियमित छापिँदै लाइसेन्स

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) छापिइरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट ...

केन्द्रबिन्दु
ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, ५ घाइते
Latest NewsJust now

ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने चालकसहित ट्याक्टरमा सवार पाँच जना घाइते भएका हुन्। मृत्यु हुनेमा जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ...

केन्द्रबिन्दु
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
Latest NewsJust now

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिँदै परियोजनाले दुर्गम बस्तीमा विशेषज्ञ सेवा पुर्‍याउनेछ। ...

कान्तिपुर
बाजुरामा ट्याक्टर दुर्घटना : थप एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो
Latest NewsJust now

बाजुरामा ट्याक्टर दुर्घटना : थप एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो

धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक जनाको मृत्यु भएको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement