Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लिग २ क्रिकेट

शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लिग २ क्रिकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लिग २ क्रिकेट

सोमवार भएको एक रोमाञ्चक खेलमा ओमानलाई १० रनले पराजित गर्दै नेपालले आईसीसी विश्व कप लिग २ मा छैठौँ स्थान सुरक्षित गरेको छ।

पहिले ब्याटिङ गरेको नेपालले २८० रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। जवाफमा निकै बलियो शुरुवात गरेको ओमानलाई ७ विकेटको क्षतिमा २७० रनमा रोक्दै नेपालले महत्पूर्ण २ अङ्क हात पारेको हो ।

यो जितसँगै अङ्कतालिकामा नेपालको ३० अङ्क पुगेको छ भने सातौँ स्थानमा झरेको क्यानडाको २९ अङ्क रहेको छ।

एनपीएल सीजन ३: चर्चित विदेशी खेलाडीहरू कोको आउँदै छन्

एसियाली खेलकुद: सहोदर दाजुभाइका जुडो सङ्घर्षका फरक कथा

ओडीआई हैसियतमा कस्तो प्रभाव?

छैटौँ स्थान सुरक्षित भएसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगिएको ठानिएको छ।

लिग २ को अङ्कतालिकामा शीर्ष ६ भित्र रहने टोलीको ओडीआई मान्यता कायम रहने व्यवस्था रहेको बताइएको छ। यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसबारे आधिकारिक घोषणा गरिसकेको छैन।

क्रिकेट अधिकारीहरूका अनुसार आईसीसीले यससम्बन्धी घोषणा चाँडै गर्ने अपेक्षा गरिएको छ।

देव, रोहित र दीपेन्द्रको अर्धसतक

नेपालका लागि देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले। अर्जुन कुमालको स्थानमा टोलीमा आएका ओपनर देव खनालले ५७ रन बनाउँदै नेपालको इनिङ्स सम्हाले।

नेपालको इनिङ्स उकास्न रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको साझेदारी निर्णायक बन्यो। यी दुईले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरे।

रोहितले ८१ बलमा २ चौका र २ छक्काको मद्दतमा ८० रन बनाए। त्यस्तै, दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन जोडे। बसिर अहमदले ७ बलमा १७ रन बनाए।

प्रिमिअर कप उपाधि जितसँगै नेपाल एसिया कपमा पनि छनोट

एन्फा अझै निलम्बनमा, फुकुवा गर्ने उपाय के छन्

यसअघि जारी शृङ्खलाका तीन खेलमध्ये नेपालले दुई खेल जितेको थियो। तर क्यानडासँगको तेस्रो तथा महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको थियो।

सोमवारको खेल ओमानभन्दा नेपाल र क्यानडाका लागि बढी महत्त्वपूर्ण थियो। नेपाल पराजित भएको भए क्यानडा छैटौँ स्थानमा रहन सफल हुने थियो।

यता, ओमान लिग तालिकाको चौँथो स्थानमा छ। ओमानले अझै एक शृङ्खला खेल्न बाँकी रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

वेस्ट बैंकमा पत्रकार र कूटनीतिज्ञमाथि आक्रमण, १० जना पक्राउ
ताजा खबरJust now

वेस्ट बैंकमा पत्रकार र कूटनीतिज्ञमाथि आक्रमण, १० जना पक्राउ

कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी पत्रकार र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित गरी भएका हिंसात्मक घटनाको अनुसन्धानका क्रममा इजरायली प्रहरीले १० जना संदिग्धलाई पक्राउ गरेको छ । इजरायली प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा... ...

रातोपाटी
अन्ततः जोगियो नेपालको ओडीआई मान्यता
ताजा खबरJust now

अन्ततः जोगियो नेपालको ओडीआई मान्यता

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली ओमानलाई १० रनले स्तब्ध पार्दै नेपालले अन्ततः आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल भएको... ...

रातोपाटी
बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया
ताजा खबरJust now

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया

२०४० सालमै पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । स्रोत अभावले रोकिएको आयोजनामा असोज २५ गतेको बाढीले थप अन्योल सिर्जना गरेको छ । ...

कान्तिपुर
क्रिकेट लिग-२: नेपाल छैटौं स्थानमा सुरक्षित
ताजा खबरJust now

क्रिकेट लिग-२: नेपाल छैटौं स्थानमा सुरक्षित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ। ओमानमाथि १० रनकाे राेमाञ्चक जित निकालेपछि नेपालले अंक तालिकाकाे छैटौं स्थानमा सुरक्षित गर्दै लिग-२ टुंगाएकाे हाे। याे जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैटौँ स्थानमा पुगेको छ। लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ । यसअघि शीर्ष–४ को होडबाट […] ...

समयपोष्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play