एजेन्सी । बलिउड सुपरस्टार शाहरूख खान अभिनीत चलचित्र ‘किङ’को निर्माण लागत चारसय करोड भारतीय रुपैयाँ पुगेको छ । सिद्धार्थ आनन्दले निर्देशन गर्नुभएको यो चलचित्रमा शाहरूखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन र सुहाना खानको अभिनय छ । भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार सुरुमा दुईसय करोड बजेट तय गरिएको यस चलचित्रको लागत निर्माणका क्रममा बढेर चारसय करोड पुगेको हो । यसमा शाहरूखको पारिश्रमिक समावेश छैन । उहाँको पारिश्रमिकसमेत जोड्दा निर्माणलागत पाँचसय करोडभन्दा बढी पुग्ने अनुमान छ । उच्च बजेटको यस चलचित्रले प्रदर्शनअघि नै विभिन्न अधिकार बिक्रीबाट ६६५ करोड भारतीय रुपैयाँ आम्दानी सुनिश्चित गरिसकेको छ । विदेश प्रदर्शन अधिकार १७५ करोड, भारतको प्रदर्शन अधिकार २५० करोड, नेटफ्लिक्सको ओटीटी अधिकार १५० करोड, म्युजिक राइट्स ६५ करोड र स्याटेलाइट अधिकार २५ करोडमा बिक्री भएको जनाइएको छ । चलचित्रको प्रचारप्रसारमा थप ४० देखि ५० करोड रुपैयाँ खर्च हुनेनुमान छ । प्रदर्शनपछि बक्स अफिसमा राम्रो व्यापार गर्न सके ‘किङ’को आम्दानी अझै बढ्ने अपेक्षा गरिएको छ । फिल्म डिसेम्बर २४ (पुस ९)देखि विश्वव्यापी प्रदर्शन तयारीमा छ ।
शाहरूखको ‘किङ’को प्रदर्शनअघि नै ६६५ करोड आम्दानी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






