शान्ति वार्ता जारी राख्न रुसमाथिका प्रतिबन्ध स्थगित गरियो- ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध स्थगित गरेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसलाई वार्ताबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार प्रतिबन्ध ६० दिनका लागि स्थगित गरिएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसको पक्ष लिनु अमेरिकाका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् । उनले रुसी तेल तथा डिजेलको कारोबारले रुसको युद्ध अभियानलाई सहयोग पुग्ने भन्दै अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन् । सन् २०२२ फेब्रुअरीदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका बेला अमेरिकी निर्णयले वासिङ्टन र किएभबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । The post शान्ति वार्ता जारी राख्न रुसमाथिका प्रतिबन्ध स्थगित गरियो- ट्रम्प appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


