Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

शर्मिलाले ल्याइन् छठ गीत ‘करीले परबिया’, कल्पना पटवारीकाे स्वर

Share:WhatsAppFacebookX (Twitter)Telegram
शर्मिलाले ल्याइन् छठ गीत ‘करीले परबिया’, कल्पना पटवारीकाे स्वर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ । आउँदो छठपर्वलाई लक्षित गर्दै तयार गरिएको भोजपुरी भाषाको छठ गीतमा मधेश प्रदेशका कलाकार र जनकपुरधामका धार्मिक स्थलहरू देख्न सकिन्छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलवार बेलुकी सार्वजनिक गरिएको गीतलाई फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेकी हुन् । उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत हेरेपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले गीत र कलाकारहरूको प्रशंसा गरे । उनले मधेश प्रदेशमा यस स्तरको सम्भवतः पहिलो पटक यस्तो गीत निर्माण भएकोमा गर्व महसुस भएको बताए । साथै, उनले आगामी दिनमा निर्माता र सम्पूर्ण टिमलाई थप ऊर्जाका साथ यसै प्रकारका गीत–संगीत र चलचित्रहरू पनि निर्माण गर्न आग्रह गरे । उनले मधेश प्रदेश सरकार कलाकार र धर्म–संस्कृति प्रवद्र्धनका लागि सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । सार्वजनिक गीतमा छठपर्व मनाउँदा श्रदालुले अपनाउने विधी, गर्ने पुजापाठलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको छठी माताको यो गीतमा मधेश प्रदेशका कलाकारहरूले अभिनय गरेका छन् । यस गीतले मैथिली संस्कृति र छठी माताको महिमालाई उजागर गरेको छ । गीतको भिडिओमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय छ । कमलेश सिंह ९काम ली०ले निर्देशन गरेको भिडिओ उडान प्रोडक्सन्सले निर्माण गरेको हो। कार्यक्रममा उडान इन्टरटेनमेन्टका सञ्चालक एवं गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई उजागर गर्न आफू सदैव लागिपरिरहने बताइन् । ‘सामाजिक सद्भाव र उत्तरदायित्व निर्वाह गर्न सबै धर्म र सबै चाडपर्वको सम्मान गर्नुपर्छ । यी कामहरूले मिथिलाको संस्कृति र यसको सभ्यतासँगै यहाँको परम्परालाई गीतसङ्गीत, चलचित्रको माध्यमले अगाडि ल्याउँछ भन्नेमा कोसिसमा छु । आगामी दिनमा पनि यस्तै कामहरू गर्ने छुु, उनले भनिन् । निर्मात्री थापाले अबको केही दिनपछि आफूहरूले निर्माण गरेको छोरीहरूप्रति समर्पित ‘मायाजाल’ नामक चलचित्र रिलिज हुने जानकारी पनि दिइन् । उनले निर्माण गरेको नेपाली फिल्म ‘आशाु आगामी माघेसंक्रान्तिमा प्रदर्शन हुँदैछ । भिडियोको छायांकन साजन ठाकुरले गरेका हु न्। ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन् । गायिका कल्पना पटवारीले गाएका गीतहरू ‘बिल्लु भयङ्करु, ‘तेरे लाईु, ‘उचा लम्बा कदु, ‘इश्कसे मिठाु, ‘शकिराु, ‘एैला रे एैलाु, ‘गन्दी बातु लगायत हिट छन् । उनी भारतीय फिल्मका साथै भोजपुरी, मराठी, बंगाली भाषाका गीतहरूमा आवाज दिने गर्छिन् । पछिल्लो समय उनी धार्मिक गीतहरू गाउने गरेकी छिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मिडिया कमजोर भयो भने लोकतन्त्र रहँदैन : विश्वप्रकाश शर्मा
Latest NewsJust now

मिडिया कमजोर भयो भने लोकतन्त्र रहँदैन : विश्वप्रकाश शर्मा

सञ्चारमाध्यममाथि हुने हस्तक्षेप र पत्रकारको सुरक्षाको विषय कुनै एउटा सञ्चारगृहको मात्रै सरोकारको विषय नभएको उनले बताए । प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको तर्क थियो । ...

कान्तिपुर
हवाई यातायात सहज बनाउन सम्झौता
Latest NewsJust now

हवाई यातायात सहज बनाउन सम्झौता

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक १८ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ को पहलमा हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई... ...

गोरखापत्र
मधेसमा सरकार गठनबारे अन्य दलसँग औपचारिक छलफल भएको छैन : राउत
Latest NewsJust now

मधेसमा सरकार गठनबारे अन्य दलसँग औपचारिक छलफल भएको छैन : राउत

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका विषयमा विभिन्न दलबीच सहमति भइसकेको चर्चा चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव एवं पूर्वमुख्यमन्त्री लालबाबु राउतले अहिलेसम्म कुनै पनि दलसँग औपचारिक... ...

रातोपाटी
पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघ
Latest NewsJust now

पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघ

नेपाल पत्रकार महासंघले सरकारले सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ तथा धरपकड गरेका घटनालगायतका विषयमा छलफल थालेको छ। पत्रकारको धरपकडसहित सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक लगायत विषयमा सरोकारवाला पक्षबिच महासंघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। महासंघले सञ्चार क्षेत्रका सरोकारवाला निकायहरूसँग ‘मिडिया काउन्सिल व... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play