Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

Share:WhatsAppFacebookX (Twitter)Telegram
शक्तिशाली एल निनोले विश्वभर मौसममा असर
Photo / Coverage: केन्द्रबिन्दु

बैङ्कक । असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ । यसले खाद्य सुरक्षामा समेत चुनौती थपेको छ । जलवायु विज्ञहरूका अनुसार सन् २०२६ दोस्रो सबैभन्दा तातो वर्ष बन्ने र सन् २०२७ ले तापक्रमको नयाँ कीर्तिमान कायम गर्ने सम्भावना छ । युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन संस्था कोपर्निकसका अनुसार एल निनोले मानव गतिविधिका कारण भइरहेको तापक्रम वृद्धिलाई थप तीव्र बनाएको छ । अक्टोबरमा विश्वको औसत तापक्रम र समुद्री सतहको तापक्रम उच्च विन्दुमा पुगेको संस्थाले जनाएको छ । एल निनोका कारण पेरुमा बाढीको जोखिम बढेपछि सरकारले देशका विभिन्न भागमा आपत्कालीन अवस्था घोषणा गरेको छ । त्यहाँ ९० लाखभन्दा बढी मानिस अर्थात् कुल जनसङ्ख्याको करिब एक तिहाइ बाढी र पहिरोको जोखिममा छन् । बोलिभियाले पनि यसअघि राष्ट्रिय आपत्काल घोषणा गरेको थियो । एसियामा खडेरीका कारण जलविद्युत् उत्पादन प्रभावित हुने चिन्ता बढेको छ । श्रीलङ्काले जलाशयमा पानीको मात्रा बढेपछि विद्युत् महसुल वृद्धि योजना फिर्ता लिए पनि सन् २०२७ को पहिलो छ महिनामा गम्भीर खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । यसैगरी, फिलिपिन्सले एल निनोको प्रभावबाट कृषि क्षेत्रलाई जोगाउन ९८ करोड अमेरिकी डलरभन्दा बढी रकम छुट्याएको छ । त्यहाँ एल निनो र इरान युद्धका कारण इन्धन तथा मलको मूल्य बढ्दा सेप्टेम्बरसम्मको तीन महिनामा धान उत्पादन १८ प्रतिशतले घटेको छ । कोपर्निकसका अनुसार सन् २०२६ सन् २०२४ जत्तिकै वा त्यसभन्दा बढी तातो वर्ष हुने सम्भावना २० प्रतिशत छ । एएफपीको विश्लेषणअनुसार अक्टोबरमा ३३ देशले तापक्रमको नयाँ कीर्तिमान कायम गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले एल निनोका कारण बाली उत्पादन घट्ने र बाढीले खाद्यान्न भण्डारण तथा ढुवानी प्रभावित हुने भएकाले विश्व बजारमा खाद्यवस्तुको मूल्य बढ्न सक्ने बताएका छन् । इरान युद्धका कारण इन्धन र मलको मूल्यसमेत बढेकाले न्यून आय भएका परिवार थप प्रभावित हुने उनको भनाइ छ । यसले खाद्यान्न उपभोग घट्ने र कुपोषण बढ्ने जोखिमसमेत निम्त्याउन सक्छ । एफएओले एल निनोबाट खाद्य सङ्कटको जोखिममा रहेका २२ देशलाई सहयोग गर्न दुई करोड अमेरिकी डलर माग गरे पनि आवश्यक रकमको २० प्रतिशत मात्र प्राप्त भएको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओलीद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना
Latest NewsJust now

ओलीद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७, म्हः पूजा, गोवर्द्धन पूजा तथा हल तिहारका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। उनले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका प्रतीक यी पर्वले सबैको जीवनमा सुख, समृद्धि र सद्भाव कायम गरून् भन्ने कामना गरेका छन्। म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धि, गोवर्द्धन पूजाले प्रकृति तथा पर्यावरणप्रतिको कृतज्ञता र हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर ...

नेपालन्युज
नेपाल संवत ११४७ को अवसरमा बेनीमा प्रभातफेरी
Latest NewsJust now

नेपाल संवत ११४७ को अवसरमा बेनीमा प्रभातफेरी

म्याग्दी समाचारदाता म्याग्दी, कात्तिक २४ गते । नेपाल संवत् ११४७ का अवसरमा मंगलबार बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजना... ...

गोरखापत्र
रुकुमकी १६ वर्षीया सदिक्षाको साहस : आफ्नै खर्चमा बनाइन् खोलामाथि पुल
Latest NewsJust now

रुकुमकी १६ वर्षीया सदिक्षाको साहस : आफ्नै खर्चमा बनाइन् खोलामाथि पुल

काठमाडौं । रुकुम पूर्वकी १६ वर्षीया सदिक्षा ओलीले आफ्नै खर्चमा काठको पुल निर्माण गरेकी छन्। दोमाई खोलामाथि रहेको पुरानो पुल भत्किएपछि सम्बन्धित निकायले पुनर्निर्माणमा चासो नदेखाउँदा उनले आफ्नै पहलमा पुल बनाएकी हुन्। ओलीको यो पहल गत अगस्टमा सामाजिक सञ्जालमा भाइरल भएको भिडियोपछि चर्चामा आएको थियो। उनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘प्रचण्ड बाजे’ सम्बोधन गरेर भत्किएको पुल बनाइदिन ...

केन्द्रबिन्दु
शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ: कार्यवाहक प्रमुख डंगोल
Latest NewsJust now

शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ: कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छिन्। मंगलवार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play