Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई
Photo / Coverage: नेपालन्युज

ओखलढुङ्गा।दशौं व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको बगर खेलमैदानमा आयोजित गोल्डकपमा आज भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि सप्तरङ्गी युवा समूह फोकुललाई ट्राइब्रेकरमार्फत पेनाल्टी सुटआउटबाट ५–४ गोल अन्तरले पराजित गर्दै ज्वालामुखीले उपाधि चुमेको हो। ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ नाराका साथ राष्ट्रिय गीतका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) को जन्मथलोमा नयाँ नेपाल सरोकार समाजले आयोजना गरेको प्रतियोगितामा विजेता ज्वालामुखी युवा समूहले तीन लाख ३३ हजार ३३३ र उपविजेता बनेको सप्तरङ्गी युवा समूहले एक लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ। यस्तै प्रतियोगिताको सेमिफाइनमा पुगेका दूधकौशिका आधारभूत विद्यालय र मानेभञ्ज्याङ युवा समूहलाई ८० हजारका दरले पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी सोही प्रतियोगितासँगै समावेशी खेलका रुपमा आजै सम्पन्न तेस्रो रूपा स्मृति महिला फुटबलको उपाधि ओखलढुङ्गाले जितेको छ। ओखलढुङ्गा र खोटाङबीच भएको फाइनल प्रतिस्पर्धामा गोल हुन नसकेपछि ट्राइब्रेकरमार्फत पेनाल्टी ३–१ गोल अन्तरले ओखलढुङ्गा विजयी बनेको हो। महिलातर्फको विजेता ओखलढुङ्गाले २५ हजार र उपविजेता खोटाङले १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। यही कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो। प्रतियोगिताका बिजेतालाई नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडा, राष्ट्रिय गाीतका सर्जक व्याकुल माइलालगायतले पुरस्कार वितरण गरेका थिए। विक्रम संवत् २०६८ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताका लागि स्थानीय मानेभञ्ज्याङ गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको थियो। बाढीका कारण क्षतिग्रस्त बनेको खेल मैदान मर्मत सम्भार गरी व्यवस्थित बनाएपछि यस वर्ष खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इनम सापकोटाको बयानले कांग्रेसमा तरङ्ग ल्याएका बेला गगनले भेटे केपी
Latest NewsJust now

इनम सापकोटाको बयानले कांग्रेसमा तरङ्ग ल्याएका बेला गगनले भेटे केपी

काठमाडौँ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीमा दिएको बयानमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकता हात पार्दा आर्थिक चलखेल भएको विषय उल्लेख भएपछि कांग्रेसमा तरङ्ग आएको छ । ... ...

रातोपाटी
सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?
Latest NewsJust now

सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?

सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा मंगलबार दुई हेलिकोप्टर आकाशमा ठोकिएर भएको दुर्घटनाले पाइलटबीचको सञ्चार, समन्वय र ‘सिचुएसनल अवेयरनेस’ माथि प्रश्न उठाएको छ । ...

कान्तिपुर
रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
Latest NewsJust now

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

गुल्मी, कात्तिक १७ गते । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरम... ...

गोरखापत्र
बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत
Latest NewsJust now

बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत

काठमाडौँ । चीनमा जारी ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुआत गरेको छ । मंगलबार सम्पन्न खेलमा थाइल्यान्डलाई सात विकेटले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुआत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play