Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जियुदीसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको जनाइएको छ। वैदेशिक व्यापारमन्त्री थानीसँग भेटपछिको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै ढकालले भनेका छन्, ‘दुई देशबीचको आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको छ।’ ढकालका अनुसार आगामी वर्ष नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा स्वर्णजयन्तीलाई विशेष समारोहका साथ मनाउने विषयमा पनि कुराकानी भएको छ। भेटमा यूएईका मन्त्री थानीले स्वर्णजयन्तीलाई ऐतिहासिक उपलब्धिका रूपमा मनाउनेबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेको ढकालले बताए। दुवै देशका सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्यको गति कायम राख्न उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको ढकालले बताए। त्यसैगरी, नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई थप स्पष्ट नीतिगत तथा नियामकीय व्यवस्था उपलब्ध गराउने र लगानीको वातावरणमा विश्वास बढाउने उद्देश्यले लगानीसम्बन्धी संरचना (इन्भेस्टमेन्ट फ्रेमवर्क) सुदृढ गर्ने विषयमा समेत छलफल भएको ढकालले बताए। नेपाल–यूएईबीच हवाई सम्पर्क विस्तारका सन्दर्भमा यूएईबाट पोखरासम्म फ्लाई दुबईले सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवासम्म पनि सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरिएको ढकाले बताए। भैरहवासम्म सिधा उडान सुरु भएमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग यूएईको प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको ढकालको भनाइ छ। भेटका क्रममा यूएईका लगानीकर्तालाई नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि तथा डेटा सेन्टर क्षेत्रमा लगानीका सम्भावना खोज्न औपचारिक निमन्त्रणासमेत दिइएको ढकालले बताए। त्यसबाहेक, नेपालमा केबलकार तथा स्की रिसोर्टजस्ता विशिष्ट र उच्चस्तरीय पर्यटन पूर्वाधारमा लगानी गर्न पनि आग्रह गरिएको उनले बताएका छन्। The post व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’
Latest NewsJust now

‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानद्ववारा संयुक्त रूपमा आयोजित ‘एड्भान्सिङ द माउन्टेन एजेन्डास् ग्लेसियर्स, क्रायोस्फियर एन्ड रिजिलियन्स अन्डर ओभरसुट, शेयर्ड रिस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमालमा देखिएको […] ...

लोकपथ
एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो
Latest NewsJust now

एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ । पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर २ बलमा... ...

रातोपाटी
मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?
Latest NewsJust now

मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?

पिसाब तथा दिसा नियन्त्रण गर्न नसक्नेदेखि लिएर दीर्घकालीन शारीरिक दुखाइ र मानसिक आघातजस्ता स्वास्थ्य समस्यासँग बच्चा जन्माएको वर्षौँपछि पनि लाखौँ महिला निरन्तर संघर्ष गरिरहेका छन् । बच्चा जन्माउने क्रममा महिलाको ज्यान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play