व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ। निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्ने समझदारीअनुरुप सो कार्य अघि बढ्ने भएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समझदारीअनुसार विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउनेछ। मतदाता नामावली अद्यावधिक प्रक्रियालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच यही कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो। विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइने समझदारीपत्रमा उल्लेख छ। साथै, समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुने प्राविधिक विषय समाधान गर्न दुवैपक्षका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ। यस सहकार्यबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरणको उपयोगमार्फत मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण कार्य थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। रासस The post व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

स्पेस४२, भीयास्याट र टेरेस्टारद्वारा अन्तर-सञ्चालन योग्य डी२डी स्याटेलाइट नेटवर्क निर्माण गर्न साझेदारी
स्पेस४२, भीयास्याट र क्यानडाको टेरेस्टार सलुसन्सले विश्वव्यापी ‘डाइरेक्ट-टु-डिभाइस’ (डी२डी) तथा ‘मोबाइल-स्याटेलाइट सेवा’ (एमएसएस) का लागि स्याटेलाइट समूहहरूलाई जोड्ने एक खुला ‘अन्तर-सञ्चालन ढाँचा’ (interoperability framework) विकास गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। यो साझेदारीको उद्देश्य टेरिस्टारको प्रस्तावित ‘लो-अर्थ अर्बिट’ (लिओ) नेटवर्क ‘कास्टार (CaStar)’ लाई, स्पेस४२ र भीयास्याट द्वारा अर्को पुस्ताको स्याटेलाइट सञ्चारलाई अघि बढाउन योजना गरिएको साझा पूर्वाधार प्लेटफर्म ‘ ईक्वाटिस (Equatys)’ ...

सामाजिक सञ्जालमा उमेर जाँच प्रभावकारी हुनेमा बेलायती नियामक अफकम विश्वस्त
बेलायतको सञ्चार नियामक निकाय अफकमले आगामी वर्ष १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने व्यवस्था लागू हुँदा अनलाइनमा उमेर जाँच प्रभावकारी रूपमा गर्न सकिने विभिन्न उपाय सार्वजनिक गरेको छ। तर, सुरुदेखि नै अफकमले यी उपाय पूर्ण रूपमा त्रुटिरहित नहुने स्वीकार गरेको छ। यस वर्षको सुरुवातमा सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने योजना घोषणा गर्दा उमेर जाँच ...

एनभिडियाका जेन्सेन हुआङमाथि जासुसी गरेको कुरा चीनले अस्वीकार गर्यो
अमेरिकी चिप निर्माता कम्पनी ‘एनभिडिया’ का प्रमुख जेन्सेन हुआङलाई चिनियाँ जासुसी योजनाको निशाना बनाइएको भन्ने रिपोर्टलाई बेइजिङले शुक्रबार “आधारहीन अनुमान” भन्दै खारेज गरेको छ। बिहीबार प्रकाशित ‘द न्युयोर्क टाइम्स’ को एक लेखमा उल्लेख भएअनुसार, अमेरिकी गुप्तचर अधिकारीहरूले सिंगापुरमा आधारित एक डाटा सेन्टर कम्पनीसँग जोडिएकी एक चिनियाँ कार्यकारीले बेइजिङलाई सूचना उपलब्ध गराइरहेको निष्कर्ष निकालेका थिए। परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा ...


