Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

वैदेशिक रोजगारी ठगी प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैदेशिक रोजगारी ठगी प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाएको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ पनि पक्राउ परेका छन्। सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगारसम्बन्धी विभिन्न निकायबाट प्राप्त पत्र तथा विकास रनाभाटसमेतको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो। नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ। संकलित रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्डसमेत ठूलो परिमाणमा मलेसिया पठाइएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ। प्रहरीका अनुसार सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गरिएको थियो। यसबाट मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निर्णय गरी संगठित समूहको लाभका लागि सरकारी पद तथा जिम्मेवारीको दुरुपयोग गरिएको आरोप उनीहरूमाथि लगाइएको छ। गैरकानुनी रूपमा संकलित रकम कानुनी उपचारको प्रक्रिया पूरा नगरी मलेसिया पठाउने कार्यमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको सीआईबीले जनाएको छ। प्रहरीले उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वकप र युरो कप विजेता स्पेनिस स्टार माटाले लिए संन्यास
Latest NewsJust now

विश्वकप र युरो कप विजेता स्पेनिस स्टार माटाले लिए संन्यास

लन्डन । स्पेनका पूर्वमिडफिल्डर हुँवा माटाले ३८ वर्षको उमेरमा व्यावसायिक फुटबल खेलजीवनबाट संन्यासको घोषणा गरेका छन् । स्पेनका लागि ४१ अन्तर्राष्ट्रिय खेल खेलेका माटा सन् २०१० को फिफा विश्वकप विजेता टोलीका... ...

रातोपाटी
बास्केटबलमा रेडियन्ट पब्लिक विजयी
Latest NewsJust now

बास्केटबलमा रेडियन्ट पब्लिक विजयी

आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ । ...

कान्तिपुर
वार्नरको अभाव र लय गुमाउनु नै हारको कारण बन्यो : बोसिस्टो
Latest NewsJust now

वार्नरको अभाव र लय गुमाउनु नै हारको कारण बन्यो : बोसिस्टो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राइनोजसँग ६१ रनले पराजित भएपछि काठमाण्डु गोर्खाजका खेलाडी विलियम बोसिस्टोले टोलीको हारमा डेभिड वार्नरको अनुपस्थिति र पछिल्लो समय गुमाएको... ...

रातोपाटी
यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल पक्राउ
Latest NewsJust now

यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा श्रमिकबाट असुल गरिएको करिब १ अर्ब ६६ करोड रुपैयाँ गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा यातायात व्यवस्था विभागका वर्तमान महानिर्देशक राजिव पोखरेलसमेत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मानव तस्करी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा हाल यातायात व्यवस्था विभागको नेतृत्व गरिरहेका राजिव पोखरेल लाई समेत नियन्त्रणमा लिएको हो । पोखरेल तत्कालीन श्रम, रोजगार ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play